पुनको चेतावनी : मंसिरमा निर्वाचन नभए देशमा संकट आउछ

पुनको चेतावनी : मंसिरमा निर्वाचन नभए देशमा संकट आउछ

  • शुक्रबार, भदौ २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

पाल्पा, २३ भदौ ।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले राष्ट्रिय सभासम्बन्धी ऐन छिटो संसदमा पेश हुने बताउनुभएको छ ।

प्रेस सेन्टर पाल्पा शाखाद्वारा तानसेनमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले राष्ट्रिय सभासम्बन्धी विधेयक बनाउने काम छिटो हुने बताउनुभयो ।

नेता पुनले प्रदेश र संघको निर्वाचन मंसिरमा हुन नसकेमा देशमा संवैधानिक संकट उत्पन्न हुने बताउनुभएको छ । संवैधानिक संकट उत्पन्न हुनबाट देशलाई जोगाउन मंसिरमा नै निर्वाचन गर्नुको अर्को विकल्प नभएको उहाँको भनाइ थियो ।

तीनै चरणको निर्वाचन सम्पन्न भएपछि संविधानको कार्यान्वयन हुने बताउँदै उहाँले त्यसका लागि सबै क्षेत्रको सहयोग गर्नुपर्ने बताउनुभयो । प्रदेश नम्बर २ निर्वाचनपछि माओवादी पहिलो शक्ति बन्ने उहाँले दाबी गर्नुभयो ।

शान्तिपूर्ण र मर्या्दित रुपमा मंसिरमा निर्वाचन गराउन सरकारलाई राजनीतिक दल, नागरिक समाज र सञ्चारलगायत सबै क्षेत्रको सहयोग चाहिएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ