नेपालको युवा टोली मलेसिया प्रस्थान गर्दै

नेपालको युवा टोली मलेसिया प्रस्थान गर्दै

  • शुक्रबार, भदौ २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, भदौ २३ । एसीसी यु–१९ क्रिकेटअन्तर्गत पूर्वी क्षेत्रको प्रतियोगिता खेल्न नेपालको युवा टोली शुक्रबार मलेसिया प्रस्थान गर्दैछ ।

मलेसियामा शुक्रबारदेखि सुरु हुने प्रतियोगिताको लागि १४ खेलाडी सम्मिलित नेपाली टोली त्यसतर्फ जान लागेको हो । यसपटक १९ वर्ष मुनिको नेपाली राष्ट्रिय टोलीको कप्तानी दिपेन्द्र सिंह ऐरीले गर्दैछन् ।

उमेर समूहको यो टोलीमा सन्दिप जोरा, नन्दन यादव, सुमित महर्जन र विक्रमकुमार भूसालले पहिलो पटक स्थान बनाएका छन् । नेपाली टोलीको प्रशिक्षण बिनोद दासले सम्हालेका छन् ।

प्रतियोगितामा नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, थाइल्यान्ड र भुटान छन् । समूह ’बी’मा आयोजक मलेसियासँगै हङकङ, चीन र म्यानमार रहेका छन् । फाइनलमा पुग्ने दुई टोली एसीसी यूथ नाईन्टिन एसिया कप क्रिकेटमा छनौट हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ