तेस्रो चरणको निर्वाचनका लागि आज उम्मेदवार माथि उजुरी दर्ता हुदै

तेस्रो चरणको निर्वाचनका लागि आज उम्मेदवार माथि उजुरी दर्ता हुदै

  • बिहिबार, भदौ २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, भदौ २२।
आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि हिजो दर्ता भएका उम्मेदवार माथि आज उजुरी दिन सकिने छ । त्यसका लागि आज विहान १० बजे देखि दिउसो १ बजे सम्मको समय निर्धारण गरिएको छ ।

दावी विरोधपछि आजै दिउँसो १ बजेदेखि राती साढे ११ बजे मनोनयन पत्र जाँच हुने आयोगले जनाएको छ । भोली बिहान साढे ११ बजेदेिख १ बजेसम्म उमेद्बारको नाम प्रकाशन गर्ने र साँझ ५ बजेसम्म उम्मेद्वारी फिर्ताको लागि समय छुट्याएको आयोगले जनाएको छ ।

आगामी शनिबार १० देखि ११ बजेसम्ममा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्नेछ भने सोही दिन नै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । यस अघि हिजो प्रदेश नं २ को आठ जिल्लामा शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

तेस्रंो चरणमा प्रदेश नम्बर २ का १ महानगरपालिका, ३ उपमहानगरपालिका ७३ नगरपालिका र ५९ गाउँपालिकामा नयाँ नेतृत्व चयनका लागि आगामी असोज २ गते निर्वाचन हुँदै छ ।

देशभरका ७ सय ५३ स्थानीय तहमध्ये प्रदेश २ का आठ जिल्लाभित्रका १ सय ३६ स्थानीय तहमा मात्र निर्वाचन हुन बाँकी छ । बाँकी रहेको १ सय ३६ स्थानीय तहबाट ६ हजार ६ सय २७ जना जनप्रतिनिधि निर्वा्चित हुने छन् ।

तेस्रो चरणको स्थानीय तह निर्वाचनमा ३१ हजार ५ सय कर्मचारी परिचालन हुने निर्वाचन आयोगले जनाएको छ ।
तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ९ सय ५० मतदाता सहभागी हुँदै छन् ।

त्यसका लागि २ हजार १ सय ६६ मतदान स्थल र ३ हजार ५ सय ७८ वटा मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ