कस्तो छ दलहरूको निर्वाचन तयारी ?

कस्तो छ दलहरूको निर्वाचन तयारी ?

  • बुधबार, भदौ २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

कांग्रेसले अधिकांश तहमा उम्मेदवार टुंग्यायो

उम्मेदवारी दर्ताको एक दिनअघि मात्र कांग्रेसले अधिकांश तहमा उम्मेदवारी टुंग्याएको छ । अन्य दलहरूसँग तालमेल गर्ने र पार्टीभित्रको आन्तरिक समीकरण मिलाउन भन्दै कांग्रेसले यसअघि १०५ तहको मात्र उम्मेदवारको टुंगो लगाएको थियो । पूर्व–पश्चिम राजमार्गले छोएका केही तहमा एमालेको पकड भएकाले माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने कांग्रेसको तयारी छ । वीरगन्ज महानगरमा भने एक्लै प्रतिस्पर्धा गर्नेछ ।

गठबन्धनविरुद्ध एक्लै भिड्दै एमाले

एमालेले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने भएको छ । सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र र राजपाले कतिपय तहमा द्विपक्षीय र त्रिपक्षीय तालमेलको अन्तिम कसरत गरिरहेका वेला एमालेले सबै तहमा एक्लै प्रतिस्पर्धा गर्ने गरी मंगलबार उम्मेदवारको सूची सार्वजनिक गरेको छ । निर्वाचनमा एमालेलाई हराउन कांग्रेस र माओवादी केन्द्रको महागठबन्धनमा देशबाहिरको शक्ति पनि सामेल भएको एमालेको आरोप छ ।

माओवादीले १२१ तहमा उम्मेदवार टुंगो लगायो

माओवादी केन्द्रले १२१ तहमा उम्मेदवारको टुंगो लगाएको छ । तर, ३० तहका उम्मेदवारको नाम मात्र उसले सार्वजनिक गरेको छ । तालमेलको टुंगो नलाग्दा मंगलबार सबै उम्मेदवारको घोषणा गर्न नसकेको माओवादीले जनाएको छ । बुधबार कांग्रेस, राजपा र संघीय समाजवादी फोरमसँग छलफल गरेर टुंगो लगाउने प्रदेश २ का इन्चार्ज विश्वनाथ साहले बताए ।

राजपाले ११४ तहमा उम्मेदवार टुंगो लगायो
राजपाले १३६ मध्ये ११४ स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । बुधबार बाँकी तहका उम्मेदवारको टुंगो लगाउने उसले जनाएको छ । राजपा महामन्त्री मनीष सुमनका अनुसार केही तहमा अन्य दलहरूसँग तालमेलको छलफल भइरहेको छ । उनका अनुसार महोत्तरीको बर्दिबासमा कांग्रेस र सप्तरीको रुपनी नगरपालिकामा संघीय समाजवादी फोरमसँग तालमेल हुँदै छ । राजपाले वीरगन्ज महानगरपालिकामा राजेशमान सिंहलाई प्रमुखको उम्मेदवार बनाएको छ । वीरगन्जमा राजपाबाट विमल श्रीवास्तवको पनि दाबी थियो, तर टिकट नपाएपछि उनले पार्टी छाडेका छन् । नयाँपत्रिकाबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ