देशको स्वाधिनता र जनताको अधिकारका लागि बन्दुक उठाउने विप्लवको चेतावनी , भन्छन् : फेरी एकपटक छातिमा गोलि थाप्न तयार छौ

देशको स्वाधिनता र जनताको अधिकारका लागि बन्दुक उठाउने विप्लवको चेतावनी , भन्छन् : फेरी एकपटक छातिमा गोलि थाप्न तयार छौ

  • मङ्लबार, भदौ २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाण्डौ  ,२० भदौ ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताको अधिकार माग्दा दमन भए फेरी पनि बदुक उठाउन तयार रहेको चेतावनी दिनुभएको छ ।,

कालिकोटको नरहरीनाथ गाउँपालिका–६ माल्कोटमा पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले देशको स्वाधिनता र जनताको अधिकार माग्दा बन्दुक उठाउनु परे पछि नपर्ने चेतावनी दिनुभयो ।,

उहाँले भन्नुभयो , हामिले युद्ध चाहेका होईनौ तर बाध्य पारिए तयार छौ । गोलिले जनताको अधिकारलाई छिन्न सकिन्छ भनेर कसैले नसोचे हुन्छ । विचारबाट बिद्रोह सुरु भएपछि गोलिले रोक्न सकिदैन ।
उहाले अब फेरी जनताको अधिकारका लागी छातिमा गोलि थाप्न तयार रहेको बताउनुभयो ।

उहाँले २०४७ सालको संबिधानलाई नै अहिले गणतन्त्र थपेर ल्याईएको भन्दै यसलाई खारेज गरेर नयाँ जनताको संबिधान ल्याउनुपर्ने बताउनु भयो ।

नेपाली जनताको टाउकोमाथि , ०४७ ÷ ०५२ सालको संसदिय ब्यावस्था थोपर्नका लागी निर्वाचन गरिएकोले नेकपाले त्यसलाई खारेज गरेको पनि बताउनु भयो ।,
दिल्लीको निर्देशनमा नेपाली राजनितिक दल र तीनका नेता चल्ने गरेको र जनतामाथि दलाल तथा पुरानै पूजीवादि सत्ता लाद्न बिदेशीको ईसारामा चुनाव भएको उहाँको भनाई छ ।

आफुहरुको लडाई नेपालका कुनै राजनितिक दलसँग नभएर प्रतिक्रियाबादी दलालहरुसँग भएको महासचिव विप्लवले स्पष्ठ पार्नुभयो ।

स्थानीय तहको निर्वाच खारेजी अभियानमा दुई जना आफ्ना कार्यकर्ताले सहादत प्राप्त गरेको जानकारी दिदै प्रचण्ड नेतृत्वको सरकारले जनताको छातिमा गोलि ठोकेर चरित्र उदाङगो पारेको बताउनु भयो ।

माल्कोटबाट नै उहाँले बैज्ञानिक समाजवाद स्थापनाका लागी हिजो जनयुद्ध लडेका सबै नेताहरुलाई एकतामा आउन पनि अपिल गर्नुभयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ