प्रचण्ड कुकुरको पुच्छर हुन् , त्यसैले फाल्यौ : प्रकाण्ड ,जनतालाई एकिकृत जनक्रान्तिमा आउन अपिल

प्रचण्ड कुकुरको पुच्छर हुन् , त्यसैले फाल्यौ : प्रकाण्ड ,जनतालाई एकिकृत जनक्रान्तिमा आउन अपिल

  • मङ्लबार, भदौ २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

कालिकोट , २० भदौ ।

नेपाल कम्युनिष्ट पार्टीका प्रवत्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले प्रचण्ड कुक्कुरको पुच्छार भईसकेकाले आफुहरुले उनलाई त्यागेको बताउनु भयो ।

कालिकोटको नरहरीनाथ गाउँपालिका–६ माल्कोटमा आयोजित आयोजित जनसभालाई सम्बोधन गर्दै प्रकाण्डले प्रचण्ड तत्कालिन १० बर्षे जनयुद्धपछि कुक्कुरको पुच्छार जस्तै बाङगो बनेको र आफुहरुले सिधा पार्न खोज्दा नसकिएपछि आफुहरु त्यहाँबाट अलग भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, हामिले प्रचण्डलाई चार बर्ष सिधा पार्न खोज्यौ भएन , ,त्यसैले बाहिरियौ ।, उहाँले सत्तामा पुग्न देशी बिदेशी शत्तिका अगाडि तत्कालिन जनयुद्ध हाकेका प्रचण्ड बाबुराम लम्पसार परेर हिडेको बताउनु भयो ।

आफ्नै टाउको मुल्य पचहत्तर लाख तोक्ने शेरबहादुर देउवाको टाङमा पसेर एमाओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अहिले सत्तामा टासिएर बसेको बताउनु भयो ।

प्रकाण्डले असफल संसदिय ब्यावस्थाको अन्त्य गर्दै नेपालमा राज्यसत्ता जनताको हातमा नआएसम्म क्रान्ति जारी रहने बताउनु भयो ।

न्यायमुलक र समानतामुलक समाज निर्माण गर्ने लक्ष अझै पुरा नभएको बताउनु भयो ।

नेकपासँग जनताको सेना रहेको भन्दै दलाल संसदिय ब्यावस्था र दलाल सत्ताका बिरुद्धमा निरन्तर लड्ने र एकिकृत जनक्रान्ति सफल बनाएर नै छाड्ने दाबी गर्नुभयो ।

नेपालमा बैज्ञानिक समाजबाद थापनाका लागी जनताको अधिकार प्राप्तीका लागी एकिकृत जनक्रान्तिमा सबै जनतालाई साथ दिन अपिल पनि गर्नुभयो ।

पार्टीले सन्चालन गरेको स्थानीय तह निर्वाचन खारेजी अभियानलाई तुहाउन , सुराकि गरेर नेता कार्यकर्ता पक्राउ गर्न नेकपा माओवादीका नेता कार्यकर्ताले प्रहर िप्रशासनले सहयोग गरेको पनि ठोकुवा गर्नुभयो ।,

उहाँले भन्नुभयो , हाम्रा बिरुद्धमा दमन र षड्यन्त्र गरे त्यसको नयाँ ढङगले प्रतिकार गर्ने छौ ।

दलाल र भ्रष्टचारीले अहिले चिहान खनिरहेको भन्दै उहाँले अब त्यहि चिहानमा उनीहरुलाई पुर्न तयार हुनुपर्ने बताउनु भयो ।,

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ