प्रधानमन्त्रीले आफ्नो पदको दुरुपयोग गरे : ओली

प्रधानमन्त्रीले आफ्नो पदको दुरुपयोग गरे : ओली

  • आइतवार, भदौ १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौ १८ भदौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले पदको दुरुपयोग गरी काठमाडौ नेशनल मेडिकल कलेजको सम्बन्धन स्थगन गरेको आरोप लगाउनु भएको छ ।

विराटनगर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले विश्वविद्यालयको पदीय हैसियतको दुरुपयोग गरी प्रधानमन्त्री देउवाले स्वइच्छाचारी ढङ्गले नेशनल मेडिकल कलेजको सम्बन्धन स्थगित गरेको आरोप लगाउनु भयो ।

प्रधानमन्त्रीले आफ्नो कुलपतिको पदको दुरुपयोग गर्दै स्वइच्छाचारी निर्णय गरेको भन्दै ओलीले अब कुनै पनि निकाय वा संस्था दवाव भन्दा बाहिर रहेको काम गर्ने वातावरण नरहेको टिप्पणी गर्नुभयो ।

अर्को फरक प्रसंगमा उहाँले संसदमा चुनिएका प्रधानमन्त्रीले छिमेकी मुलुकमा गएर सांसदको निर्णय फेरी सच्याउछु भन्नु हास्यास्पद भएको टिप्पणी गर्नुभएको छ ।

संसदको दुई तिहाईले गरेको निर्णयलाई भारतमा गएर सच्याउछु भन्नु लज्जास्पद भएको उहाँको भनाई छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीले २ महिनापछि एमाले सरकारमा जाने दावी समेत गर्नुभयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ