एशिया कप छनौटका लागि पाकिस्तानसंग खेल्ने टोलीको घोषणा

एशिया कप छनौटका लागि पाकिस्तानसंग खेल्ने टोलीको घोषणा

  • शनिबार, भदौ १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाण्डौ, भदौ १७ ।

एशिया कप छनौटअन्तर्गत आगामी मंगलबार ताजकिस्तानसँग खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योटुकी कोजीले ताजकिस्तानसँगको खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको हो । गोलकिपरमा किरण चेमजोङ, विशाल श्रेष्ठ र विकेश कुथु छन् ।

यस्तै डिफेन्डरमा विराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी र कमल श्रेष्ठ छनौट भएका छन् ।

मिडफिल्डरमा सुनील बल, हेमन गुरुङ, रोहित चन्द, सुमन लामा, अन्जन विष्ट, विक्रम लामा, विशाल राई, हेमन्त थापा मगर र सुजल श्रेष्ठ छानिएका छन् ।

फरवार्डमा विमल घर्तिमगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ र भरत खवास छन् । यमनसँगको खेलमा टोलीमा परेका फरवार्ड अनिल गुरुङ यसपटक टोलीमा परेका छैनन् । उनको स्थानमा जर्ज प्रिन्स कार्कीलाई राखिएको छ ।

छनौटको समूह एफमा रहेको नेपालले आउँदो मंगलबार सशस्त्र प्रहरीको मैदान हल्चोक काठमाडौंमा ताजकिस्तानसँग खेल्ने छ । फिलिपिन्ससँगको खेलमा मनिलामा पराजित भएको नेपालले यमनलाई ३ महिनाअघि भने हल्चोकमा बराबरीमा रोकेको थियो ।

मंगलबारको खेलपछि नेपालले फिलिन्सिसँग होम तथा यमन र ताजकिस्तानसँगको अवे खेल खेल्न बाँकी रहने छ । यो समूहको शीर्ष दुई स्थानमा परेमा नेपाल सन् २०१९ मा हुने एशिया कपमा छनौट हुने छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ