युइएफएले नेइमारको अनुबन्ध सम्बन्धमा पिएसजीमाथि औपचारिक रुपमा अनुसन्धान थाल्यो

युइएफएले नेइमारको अनुबन्ध सम्बन्धमा पिएसजीमाथि औपचारिक रुपमा अनुसन्धान थाल्यो

  • शनिबार, भदौ १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

एजेन्सी , १७ भदौ ।

युरोपेली फुटबलको प्रशासकीय निकाय युइएफएले नेइमारको अनुबन्धमा सम्बन्ध फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) माथि औपचारिक रुपमा अनुसन्धान सुरु गरेको छ ।

युइएफएले खेलाडी अनुबन्धका सम्बन्धमा क्लबहरुमाथि गरिरहेको फाइनान्सियल फेयर प्ले (एफएफपी) अन्तर्गत पिएसजीमाथि अनुसन्धान सुरु गरेको हो ।

युइएफएले सन् २०१३ मा एफएफपी नियम लागु गरेको थियो । यो नियम अनुसार युरोपियन क्लबले खेलाडी किन्न तथा अरु कामका लागि गरिने खर्च आफ्नो आम्दानीसँग ब्यालेन्स मिलाएर गर्नुपर्छ ।

पिएसजीले यो सिजन नेइमारलाई विश्व कीर्तिमानी मूल्य २० करोड पाउण्डमा बार्सिलोनाबाट क्लब भित्र्याएको छ । यो यसअघिको विश्व कीर्तिमान भन्दा दोब्बर भन्दा पनि बढी हो । यस्तै केलियन एमबाप्पेलाई पनि महंगो मूल्यमा भित्र्याएको छ ।

पिएसजीले गएको सिजनमा ३८ करोड ९६ लाख पाउण्ड आए गरेको पछिल्लो तथ्यांक छ । पिएसजीले यो सिजन खेलाडी अनुबन्ध गर्दा एफएफपी नियम उल्लंघन गरेको हुन सक्ने देखिएकाले युइएफएले अनुसन्धान सुरु गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ