अवैज्ञानिक तरिकाले गरिएको क्षेत्रनिर्धारणले समस्या निम्त्याउने चेतावनी

अवैज्ञानिक तरिकाले गरिएको क्षेत्रनिर्धारणले समस्या निम्त्याउने चेतावनी

  • शनिबार, भदौ १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौ , १७ भदौ ।

उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदारले दलहरुसँग कुनै छलफल नै नगरी अवैज्ञानिक तरिकाले निर्वाचन क्षेत्र निर्धारण गरिएको आरोप लगाउनु भएको छ ।

सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा गच्छदारले निर्वाचन क्षेत्र निर्धारण आयोगले गरेको क्षेत्र निर्धारणप्रति आपत्ति जनाउनुभयो ।

यसले पछि समस्या निम्त्याउने चेतावनी दिदँै उहाँले भन्नुभयो, ‘क्षेत्र निर्धारण गर्दा अन्याय भएको छ । यसले ठूलै समस्या निम्त्याउँछ ।

अर्को फरक प्रसङ्गमा नेपाल लोकतान्त्रि फोरमका अध्यक्ष समेत रहुनभएका गच्छदारले निर्वाचन आयोगले आचार संहिताको नाममा सरकारको हातखुटा बाँधेको आरोप लगाउनु भएको छ ।

उहाँले ३ महिनापछि हुने निर्वाचनका लागि अहिले नै आचार संहिता लगाउनु जायज नभएको भन्दै यसले दैनिक कामकाज प्रभावित भएको बताउनुभयो । आयोगको काम सच्याउन उहाँले आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ