माओवादी केन्द्रको केन्द्रिय सचिवालय बैठक वीरगन्जमा बस्दै

माओवादी केन्द्रको केन्द्रिय सचिवालय बैठक वीरगन्जमा बस्दै

  • शनिबार, भदौ १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ , १७ भदौ ।
नेकपा माओवादी केन्द्रको केन्द्रिय सचिवालयको बैठक आज बस्दै छ ।

बीरगन्जमा बिहान ११ बजेपछि बस्ने बैठकमा २ नम्बर प्रदेशमा चुनावी रणनितिका साथै प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि संगठनात्मक संरचना निर्माण सम्बन्धी बिषयमा छलफल हुने छ ।

पार्टीलाई दुई नम्बर प्रदेशको निर्वाचनमा केन्द्रित गरेर शिर्ष नेताहरुनै चुनावी प्रचारप्रसारमा तराईमा रहेकाले पार्टीको उच्चस्तरीय समितिको बैठक पनि वीरगन्जमा बोलाईएको माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रले पहिलो पटक केन्द्रिय सचिवालय बैठक वीरगन्जमा आह्वान गरेको हो ।

पार्टी प्रवत्ता पम्फा भुषलका अनुसार आजको बैठकमा २ नम्बर प्रदेशमा चुनावी रणनितीका साथै उम्मेदवार चयन , प्रदेश र प्रतिनिधी सभा निर्वाचनको तयारीका बिषयमा छलफल हुनेछ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल सहित शिर्ष नेता र सचिवालयका सबै नेता आजको बैठकमा सहभागी हुने उहाँले बताउनु भयो ।

अध्यक्ष दाहाल एक सातादेखि प्रदेश नम्बर २ अन्तरगतका आठ जिल्लामा चुनावी अभियानमा हुनुहुन्छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ