काठमाडौं, भदौ १७ ।
विश्वकप फुटबल छनोट प्रतियोगितामा जर्मनीले शानदार प्रदर्शन गदै लगातार सातौ जित हासिल गरेको छ ।
गएराति भएको खेलमा जर्मनीले चेक गणतन्त्रलाई २–१ ले पराजित गरेको हो । यो सँगै समूह ‘सी’ मा रहेको जर्मनीले सात खेलबाट २१ अंक बटुल्दै समूहको शीर्ष स्थान कब्जा गरेको छ ।
जर्मनीको जितमा टिनो वर्नर र म्याट्स हमल्सले १÷१ गोल गरेका थिए । चेक गणतन्त्रका लागि भने भ्लादिमिर डारिडाले एक गोल गरे ।
खेलको चौथो मिनेटमै वर्नरको गोलबाट अग्रता लिएको जर्मनीले दोस्रो गोल भने ८८ औं मिनेटमा गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline