‘भटभटेमा आउँछु सानु, एक दिन आकाशबाट नपरोस है जान कोहिलाई बाकसबाट’

‘भटभटेमा आउँछु सानु, एक दिन आकाशबाट नपरोस है जान कोहिलाई बाकसबाट’

  • शुक्रबार, भदौ १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

बैकुण्ठ गिरी, पर्वत । नेपाली गित संगितको क्षेत्रमा आफुलाई सदबहार बाध जस्तै अजग रुपमा खडा गर्न सफल भएका चर्चित गायक बिष्णु खत्रीको नयाँ दशै गितले लाखौं नेपालीलाई फेरी एकपटक पिडादायी अबस्थामा पुर्याउने भएको छ । गितमा समाबेश भएका शब्द तथा मर्मस्पर्सी लयको कारण गितले आम नेपाली दाजुभाई दिदि बैनीहरुको पिडालाई समेटेको छ ।
बागलुङ जिल्लाको गलकोट नगरपालिका ७ मल्ममा जन्मेका खत्री नेपाली लोक दोहोरी क्षेत्रका एक महान हस्तीको रुपमा परिचित छन । वि।सं २०५७ सालमा गीत संगीतको यात्रा प्रारम्भ गरेका खत्रीले एक दशक भन्दा लामो सांगितिक यात्रा तय गरिसकेका छन । खत्रीले उक्त नयॉ गीत आफनै युट्युव च्यानल विष्णु खत्री मार्फत बजारमा ल्याएका हुन ।
गितलाई आम दर्शक श्रोताको मनसम्म लैजान सक्ने क्षेमताको कारण सबैका प्रिय गायक बनेका खत्रीले यसपाली पनि त्यो कुरालाई निकै मर्मका साथ समाबे गरेका छन् । आफुलाई लोक दोहोरी क्षेत्रमा निकै फरक शैलीको कारण चर्चामा ल्याउन सफल गायक खत्री पञ्चेबाजा र दशै गितको लागि लाखौं दर्शक श्रोतालाई पर्खाउन सफल पनि मानिन्छन् । विष्णु खत्रीको आफ्नै उत्कृष्ट लय, शब्द अनि विष्णु खत्री र अनुपा थापाको सुमधुर स्वरमा सजिएको गीती एल्वम जहाजको टिकट सुमधुर क्रियसन मार्फत बजारमा आएको छ ।
‘‘‘‘‘‘‘‘।।डटकमसँग कुरा गर्दै खत्रीले भने यो गितले आम नेपाली युवाहरु परदेशीएको पिडालाई समेटेको छ । हामीले गितलाई हाम्रो महान पर्व दशैलाई लक्षित गरि बनाएको भएको कारण हाम्रा लाखौं परदेशमा भएका युवाहरुको आफ्ना परिवारसँग टाडा हुँदाको पिडालाई समेट्ने कोसिस गरेको बताए ।
चिसो हावा मुलको पानी
कलकल बग्ने धारो
जन्मभुमी सम्झीएर मन बुझाउँन गारो
दशै आयो, तिहारै आयो
पिंग खेले है बाबियो बाटेर
दशैमा पाईएन बिदा नभने है बस्यो कि ढाटेर ।। जस्ता निकै मार्मिक गितहरुको कारण गितले सफलता हासिल गरिसकेको छ । आम नेपालीलाई पिडालाई समेट्न सक्ने गायक भएको कारण पनि नेपाली लोकसंगितको क्षेत्रमा खत्रीको चर्चा निकै अग्लो स्थानमा छ । परदेशमा भएको मान्छेले नेपालमा रहेकी आफ्नी प्रियसीलाई सम्झाउँदै भनेको शब्दले अझै दर्शक रुवाउने खालको छ ।
भटभटेमा आउँछु सानु, एक दिन आकाशबाट
नपरोस है जान कोहिलाई बाकसबाट
दशै आयो, तिहारै आयो
पिंग खेले है बाबियो बाटेर
दशैमा पाईएन बिदा नभने है बस्यो कि ढाटेर ।। जस्ता बिष्णु खत्रीका शब्दमा कुनै कमेण्ठ गर्ने स्थान नै छैन । चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेको यस गीतको भिडियो गायक खत्री र चर्चित मोडल रञ्जिता गुरुङको अभिनय रहेको छ ।

https://youtu.be/rxs4hyeTVXI

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी