एमाले नेता नेपाल भन्छन् : भ्रष्टाचारीलाई उम्मेदवार बन्न दिनुपर्ने प्रस्ताव लज्जास्पद

एमाले नेता नेपाल भन्छन् : भ्रष्टाचारीलाई उम्मेदवार बन्न दिनुपर्ने प्रस्ताव लज्जास्पद

  • शुक्रबार, भदौ १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

चितवन, भदौ १६ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भ्रष्टाचारीलाई निर्वाचनमा उम्मेदवार बन्न दिनुपर्ने काग्रेसको प्रस्ताव लज्जास्पद भएको बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल चितवनले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले यस्तो प्रस्ताव लिएर संशोधन दर्ता गराएर दुनियाँलाई लज्जित बनाउने काम गरेको भन्दै कांग्रेसको साखलाई समेत गिराएके बताउनु भयो ।

सत्तामा बसेर कांग्रेसले जनविरोधी काम गर्दै गएकोले एकदिन उसको हैसियत प्रजापरिषदको जस्तै हुने नेता नेपालले दावी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको प्रसङ्ग कोट्याउँदै उहाँले भन्नुभयो , ‘प्रधानमन्त्री भारत भ्रमणमा त जानु भयो, तर लम्पसार परेर आउनुभयो, ।

देउवाले नेपालको आन्तरिक विषय, सार्वभौम संसदको अधिकारको बिषयमा भारतलाई समेत हकदार बनाउने प्रयास गरेको उहाँको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ