संसदको राज्य व्यवस्था समितिको बैठक बस्दै

संसदको राज्य व्यवस्था समितिको बैठक बस्दै

  • शुक्रबार, भदौ १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ १६ भदौ ।
व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बैठक आज बस्दैछ । सिंहदरबारस्थित समितिको कार्यलयमा बिहान ११ बजेपछि बस्ने बैठकमा प्रदेश सभा र प्रतिनिध सभा निर्वाचन विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

बैठकमा आयोगका पदाधिकारीलाई समेत बोलाइएको समितिले जनाएको छ । निर्वाचन मस्यौदालाई अन्तिम रुप दिने प्रयासमा लागेको समितिले आज आयोग पदाधिकारीसँग सुझाव लिन लागेको हो ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचन दुई चरणमा गर्ने गरी निर्वाचन आयोगले तयारी अघि बढाएपनि निर्वाचन सम्
बन्धी विधेयक भने तयार भइसकेको छैन ।

प्रमुख निर्वाचन आयुक्त आयोधिप्रसाद यादवले कानुन निर्माण कार्य संसदको अधिकार भएपनि आयोगले निर्वाचनलाई सजिलो बनाउने गरी कानुन बनाउन सुझाव दिने बताउनु भयो ।

संघ र प्रदेश सभा निर्वाचनका लागि आवश्यक अन्य कानुन निर्माणका विषयमा पनि आजको बैठकमा छलफल हुने जनाइएको छ । यस्तै आजै आसन्न संघ र प्रदेश सभा निर्वाचनको कार्यक्रम सार्वजनिक गर्ने आयोगले तयारी गरेको छ ।

आयोग पदाधिकारीको दिउँसो बस्ने बैठकपछि निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने निर्वाचन आयोगका प्रवत्ता नवराज ढकालले जानकारी दिनुभयो । आयोगले संघ र प्रदेशको निर्वाचन आगामी मंसिर १० र २१ मा गर्ने गरी तयारी अघि बढाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ