भ्रष्टाचारीले चुनाव लड्न नपाउने, यस्तो छ विधेयक !

भ्रष्टाचारीले चुनाव लड्न नपाउने, यस्तो छ विधेयक !

  • बिहिबार, भदौ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाण्डौ, भदौ १५ ।

भ्रष्टाचारीलाई चुनावमा उम्मेदवार बन्न दिने कि नदिने भन्ने विषयमा दलहरुबिच देखिएको विवाद अन्त्य भएको छ ।

संसदको राज्य व्यवस्था समितिमा अड्केको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमा भ्रष्टाचार गरेको अभियोगमा सजाय पाएको व्यक्तिलाई उम्मेद्धार बन्न नदिने सहमति दलहरुबिच भएको छ ।

कांग्रेसले भ्रष्टाचार मुद्दामा सजाय पाएको व्यक्तिले पनि उम्मेदवार बन्न पाउने गरी कानुन बनाउन अडान लिएपछि तीन हप्तादेखि कानुन निर्माण प्रक्रिया नै अवरुद्ध भएको थियो । यो प्रस्ताव परिवर्तन गर्न कांग्रेसका १९ जना संसदले विधेयकमाथि संशोधन दर्ता गराएका थिए ।

एमाले, माओवादीलगातका दलले भने भ्रष्टाचारीलाई उम्मेदवार बन्न बाटो खुला गर्न नहुने पक्षमा छन् । अरु विवादित विषयमा सहमति जुटे पनि कांग्रेसले भ्रष्टाचारी चुनाव लड्न पाउनु पर्ने अडान लिएपछि साउन २२ गतेपछि समितिको बैठक नै बस्न सकेको छैन ।

दलहरुबिच सहमति जुटेपछि भोली बिहान ११ बजेका लागि राज्य व्यवस्था समितिको बैठक बोलाइएको सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो ।

सर्वोच्चबाट भ्रष्टाचारी ठहर भएर सजाय भोगिसकेका नेताहरु खुमबहादुर खड्का, गोविन्दराज जोशी, चीरञ्जिवी वाग्ले तथा पार्टी छाडेका जेपी गुप्तालाई फेरि राजनीतिमा फर्काउन कांग्रेसले संस्थागत रुपमै त्यस अनुकुल कानुन बनाउन खोजे पनि चौतर्फी आलोचनापछि पछि हटेको छ ।

कानुन नपाउँदा मंसिर १० र २१ गतेका लागि तोकिएको संघ र प्रदेशको चुनावको तयारी थाल्न नपाएको भन्दै निर्वाचन आयोगले ताकेता गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ