कमल थापा नेतृत्वको राप्रपाबाट अलग्गिएलगत्तै राणा चार मन्त्रालय लिएर सरकारमा जादै

कमल थापा नेतृत्वको राप्रपाबाट अलग्गिएलगत्तै राणा चार मन्त्रालय लिएर सरकारमा जादै

  • बिहिबार, भदौ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौ ,१५ भदौ ।
राप्रपाबाट अलग्गीएर बनेको राप्रपा प्रजातान्त्रिक सरकारमा सहभागी हुने भएको छ । शेरबहादुर देउवा नेतृत्वको सत्ता गठबन्धनलाई समर्थन गरेको राप्रपा प्रजातन्त्रिक चार मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा सहभागी हुन लागेको हो ।

राप्रपा प्रजातान्त्रिक सहभागी भएपछि बर्तमान देउवा नेतृत्वको सरकार नेपालको राजनीतिक इतिहासमै सवैभन्दा ठूलो मन्त्रीमण्डल बन्नेछ । प्रजातान्त्रिकले पार्टीका तर्फबाट सुनिलकुमार थापा, दिपक बोहोरा, बिक्रम पाण्डे र रामकुमार सुब्बालाई मन्त्री बनाउने निर्णय गरेको छ ।

राजयमन्त्री बन्नेहरुको नाम भने टुङ्गो लाग्न बाँकी छ । राप्रपा प्रजातान्त्रिकलाई वन, उद्योग, शान्ति तथा पुनर्निर्माण र महिला बालवालिका तथा समाज कल्याण मन्त्रालय दिने सरकारको तयारी छ ।

यद्यपी उसले आफ्नो भागमा परेको मन्त्रालय हेरफेर गर्ने सम्बन्धमा सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्ने भएको छ ।

चुनावी प्रचार प्रसारका क्रममा दुई नम्बर प्रदेशमा रहेका दाहाल भोली दिउँसो काठमाडौं फर्कने कार्यक्रम रहेकाले भोली साँझसम्ममा राप्रपा प्रजातान्त्रिक सरकारमा सहभागी हुने एक नेताले जानकारी दिए ।

सरकारमा सहभागी हुने नहुने बिषयमा मतभेद भएपछि कमल थापा नेतृत्वको राप्रपाबाट अलग भएको राप्रपा प्रजातान्त्रिकले हालैमात्र निर्वाचन आयोगबाट दलको मान्यता पाएको हो । राप्रपा प्रजातान्त्रिकले आफुसँग १८ सांसद रहेको दावी गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ