काठमाडौ १५ भदौ ।
निर्वाचन आयोगले संघ र प्रदेश सभा निर्वाचन मिति सम्बन्धमा आज आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ ।
समय अभाव रहेको भन्दै सरकारले प्रदेश र संघको निर्वाचन एकैपटक तर दुई चरणमा गर्ने औपचारिक निर्णय गरेपछि आयोगले आज आ्नो औपचारिक धारणा सार्वजनिक गर्न लागेको हो ।
यस्तै निर्वाचन क्षेत्र निर्धारण आयोगले हिजो सरकारलाई बुझाएको प्रतिवेदन सम्बन्धमा पनि आयोगमा छलफल हुने जनाइएको छ ।
निर्वाचनसँग सम्बन्धीत कानुन तथा क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त नहुँदा निर्वाचन प्रक्रिया अघि बढाउन समस्या भएको बताउदै आएको आयोगलाई क्षेत्र निर्धारण आयोगको प्रतिवेदनले केही राहत मिल्ने देखिएको छ ।
सरकारले संघ र प्रदेश सभा निर्वाचनका सम्बन्धमा हिजो गरेको निर्णय र क्षेत्र निर्धारण आयोगको प्रतिवेदन आयोगलाई प्राप्त हुनसाथ आयोग पदाधिकारीको बैठक बसी औपचारिक धारणा तय गर्ने जनाएको छ ।