निर्वाचन आचारसंहिता लागू भएकै भोलिपल्ट प्रधानमन्त्रीद्वारा उल्लंघन !

निर्वाचन आचारसंहिता लागू भएकै भोलिपल्ट प्रधानमन्त्रीद्वारा उल्लंघन !

  • बिहिबार, भदौ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, भदौ १५ । निर्वाचन आयोगले मंसिर १० मा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनका सन्दर्भमा बुधबारदेखि आचारसंहिता लागू भएको घोषणा गरेको छ भने बिहीबार (आज) प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहित २०७२ को प्रावधानविपरीत सुदुरपश्चिमको कञ्चनपुरस्थित महाकाली नदीमा ४ लेनको पुल शिलान्याश गर्दैछन् ।

निर्वाचन आयोगले बुधबार सूचना जारी गर्दै भनेको छ, ‘मंसिर १० गते सम्पन्न हुने प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता २०७२ आजैको मितिदेखि लागू भएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ ।’

आयोगका अनुसार निर्वाचन आचारसंहिता नेपाल सरकार, नेपाल सरकारका मन्त्री, स्थानीय तह, सार्वजनिक पद धारण गरेको व्यक्ति लगायतमा लागू हुनेछ ।

आचारसंहिताको परिच्छेद ३ मा नेपाल सरकार, स्थानीय तह तथा सार्वजनिक संस्थाका लागि प्रावधान राखिएको छ, जसमा नयाँ कार्यक्रम गर्न नहुने उल्लेख छ ।

‘नेपाल सरकार, सार्वजनिक संस्था र स्थानीय तहले कुनै पनि योजनाको शिलान्याश गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, अध्ययन वा सोको लागि अनुदान दिनेजस्ता कार्यक्रम गर्न वा गराउन हुँदैन,’ दोस्रो बुँदामा उल्लेख छ ।

प्रधानमन्त्री देउवाले महाकाली पुलमा बन्ने चार लेनको पक्की पुल शिलान्यास गर्दैछन् । पुलको लम्बाई ८ सय मिटर छ भने चौडाई २३ दशमलव ८ मिटर रहने छ ।

३ अर्ब २६ करोड ९३ लाख ३४ हजार ४ सय ९१ रुपैयाको लगानीमा बनाउन लागिएका चार लेनको पक्की पुल ३ वर्षमा निर्माण सम्पन्न हुने जनाइएको छ । पुलको ठेक्का कुमार सिएफईसी जेभी, महेन्द्रनगरले लिएको छ । उक्त पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ९९ करोड ६५ लाख बजेट विनियोजन गरिएको छ । इमेज 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ