अनुष्का शर्माको फिल्म ‘परी’ को सेटमा दुर्घटना, एकको मृत्यु

अनुष्का शर्माको फिल्म ‘परी’ को सेटमा दुर्घटना, एकको मृत्यु

  • बिहिबार, भदौ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

बलिउड अभिनेत्री अनुष्का शर्माको आउँदो चलचित्र ‘परी’ को सेटमा भएको दुर्घटनामा एकको मृत्यु भएको छ । उक्त दुर्घटना कोलकातामा भएको हो जहाँ अनुष्का र परमव्रत चटर्जी दक्षिण २४ परगना जिल्लाको कोरोलबेरियामा उक्त फिल्मको सुटिङ गरिरहेका थिए । २८ वर्षीय शाह आलम नामका प्राविधिकको करेन्ट लागेका कारण मृत्यु भएको हो । दुर्घटनापश्चात् सुटिङ रद्द गरिएको छ ।

मृतक शाह आलम उत्तर प्रदेशका हुन् । सुटिङ स्थलमा बाँसको घारी थियो ।

लाइट इफेक्टका लागि बाँसको घारीलाई तारले सजाइएको थियो तर सुटिङपछि प्याकिङ गर्ने क्रममा नाङ्गो तारमार्फत उनलाई करेन्ट लागेको थियो । शाह बेहोस भएपछि उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनलाई साल्टलेकस्थित ओइयो निजी अस्पतालमा रिफर गरियो जहाँ उनलाई मृत घोषित गरियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी