निर्वाचन क्षेत्र निर्धारण आयोगले आज प्रतिवेदन बुझाउदै

निर्वाचन क्षेत्र निर्धारण आयोगले आज प्रतिवेदन बुझाउदै

  • बुधबार, भदौ १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ भदौ १४।
निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई आज आफ्नो प्रतिवेदन बुझाउदै छ । आयोगले संघिय निर्वाचनका १ सय ६५ र प्रादेशिक निर्वाचनका लागि ३ सय ३० निर्वाचन क्षेत्र निर्धारण गरेको हो ।

सर्वाच्च अदालतका पूर्वन्यायधिश कमल नारायण दासको संयोजकत्वमा गठित आयोगले सोही प्रतिवेदन आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउन लागेको हो ।

उक्त प्रतिवेदन आजै बुझाउने भनिए पनि बुझाउने समय भने तय भएको छैन । संघीय संरचना अनुसार नयाँ निर्वाचन क्षेत्र निर्धारणका लागि सरकारले गत साउन ५ गते दासको नेतृत्वमा आयोग गठन गरेको थियो ।

गठित आयोगले निर्वाचन क्षेत्र निर्धारणको कार्य भने गत साउन ११ गते देखि सुरु गरेको थियो । आयोगले जनसंख्या र भूगोललाई आधार मानी निर्वाचन क्षेत्र निर्धारण गरेको हो ।

सरकारले आगामी मंसीर १० गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तय गरे पनि आयोगको प्रतिवेदन प्राप्त नहुदा निर्वाचन आयोगले काम गर्न समस्या भइरहेको बताइरहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी