प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन दुई चरणमा : यस्ता छन् मन्त्रिपरिषदको निर्णय

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन दुई चरणमा : यस्ता छन् मन्त्रिपरिषदको निर्णय

  • बुधबार, भदौ १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, भदौ १४ ।
सरकारले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर १० गते पहिलो चरणमा र मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि सरकारले मंसिर १० गते एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको थियो ।

तर निर्वाचन आयोगले एकै चरणमा निर्वाचन गर्न कठिन हुने भन्दै दुई चरण गर्न सुझाव दिएपछि सरकारले सोही अनुसारको निर्णय गरेको बताइएको छ । यस्तै आजको बैठकले प्रदेश प्रमुख र प्रदेशको राजधानीका बारेमा राजनीतिक सहमतिका आधारमा छलफल गरी टुंगो लगाउने निर्णय गरेको छ ।

बैठकले संवैधानिक परिषद्बाट पदाधिकारी सिफारिस गर्ने गरी राष्ट्रिय प्रकृति तथा वित्त आयोग गठन गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी बैठकले एसियाली विकास बैंकबाट भन्सार क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि प्राप्त १५ अर्ब ४८ करोड ऋण अनुदान सहायता स्वीकार्ने निर्णय गरेको छ ।

बैठकले सहायक रथी राजेन्द्र कार्कीलाई उपरथीमा बढुवा गरेको छ भने भूमिसुधार सचिव कृष्णप्रसाद देवकोटालाई आपूर्ति मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ । बैठकले भूमिसुधार मन्त्रालयमा शम्भु कोइराला, खानेपानीमा कृष्णराज विसी र पर्यटन मन्त्रालयमा महेश्वर न्यौपानेलाई लैजाने निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ