काठमाडौ १३ भदौ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तेस्रो चरण अन्तर्गत दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गर्नुभएको छ ।
सप्तरीको खडक नगरपालिकास्थित विसनपुरमा आज आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले अन्य प्रदेशमा आफ्नो पार्टी तेसं्रो स्थानमा खुम्चिए पनि दुई नम्बर प्रदेशमा पहिलो बन्ने दाबी गर्नुभयो ।
अध्यक्ष दाहालले माओवादीले विगार्न र भत्काउन मात्र सिपालु छ भन्नेहरुका लागि आफू नेतृत्वको अघिल्लो सरकारले १० महिनामा गरेको कामले त्यो भ्रमलाई गलत सावित गर्न सफल भएको जिकिर गर्नुभभयो ।
माओवादी केन्द्रका कारण देशको एकता र समृद्धि सम्भव भएको उहाँको दावी छ । मधेसमा माओवादी केन्द्रप्रति लहर आएको बताउँदै उहाँले देशलाई एकताबद्ध गर्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने कुरा स्थापित भएको बिचार व्यक्त गर्नुभयो ।