काठमाण्डौ , १३ भदौ ।
नेकपा माओवादी केन्द्रको भातृसंगठन अखिल क्रान्तिकारीको नेतृत्वको लागि हिजो उम्मेदवारी दर्ता भईसकेको छ । अखिल क्रान्तिकारीको छात्रा सचिवमा मन्जु तिम्सिनाले पनि उम्मेदवारी दिएकी छन् ।
तत्कालिन नेकपा माओवादीमा आबद्ध भएर बिद्यार्थी संगठनमा सक्रिय रहेकी तिम्सिनाले बिद्यालयस्तरबाट नै आफुलाई राजनितिमा होमेकी थिइन् । पाचथरको दुर्गम स्थत एकचेपामा जन्मिएकी तिम्सििनाले सुभाड्गको निलगिरि उच्च माबि मा अध्ययन गर्दादेखि नै बिद्यार्थी संगठनमा आवद्ध भएर काम गरेकी थिईन् ।
परिवार नै माओवादी आन्दोलनमा होमिएकै कारण पुरै परिवार विस्थापित भएसँगै उनी पनि झापा झरेर पछि ईलाम क्याम्पसमा अध्ययनका लागी झरेकी थिईन् । त्यतिहुँदा सम्म पनि उनले आफ्नो राजनितिक यात्रालाई पूर्णविराम लगाईनन् ।
अखिल क्रान्तिकारीको ईलाम जिल्लाको पुर्व जिल्ला ईन्चार्जको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेकी तिम्सिना १ नम्बर प्रदेश छात्रा विभाग प्रमुख तथा प्रदेश सह संयोजक हुन् ।
संगठन भित्र ईमान्दार र प्रखर वत्ताको रुपमा परिचि तिम्सििना निडर स्वभाकि छन् । उनले बिद्यार्थीसंगठनमा रहेर आफुले गरेका निर्णय तथा संगठनको निदेर्शनलाई ईमान्दारितापूर्वक पुरा गर्दै आएकी छन् ।
हाल काठमाडौमा जारी अखिल क्रान्तिकारीको एकताको २१ औँ राष्ट्यि सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।