नेपाल र बंगलादेशबीच आज मैत्रिपूर्ण भलिबल खेल हुँदै

नेपाल र बंगलादेशबीच आज मैत्रिपूर्ण भलिबल खेल हुँदै

  • मङ्लबार, भदौ १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं, भदौ १३ । नेपालको राष्ट्रिय भलिबल टोलीले आज बंगलादेशसँग मैत्रिपुर्ण खेल खेल्दैछ ।

ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा हुने खेलका लागि दुबै टोली तयार छन् । नेपाली टोलीलाई नेदरल्याण्ड्सका प्रशिक्षकको सहयोगमा प्रशिक्षण दिईएको छ ।

तीन हप्ताको प्रशिक्षणको दौरान नेपालको यो दोस्रो अन्तर्राष्ट्रिय अभ्यास खेल हो ।

यसअघि गत शनिवार मात्रै डेनमार्कको ए डिभिजन टोली मिलवोभालाई पराजित गरेको नेपालले आज र भोलि बंगलादेशसँग दुईवटा खेल खेल्न लागेको हो ।

यो खेल नेपालका लागि स्तर उकास्ने अवसरका रुपमा रहेको छ ।

यसअघि दोस्रो एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा यी दुई राष्ट्र आमने सामने हुँदा बंगलादेशले नेपाललाई हराएको थियो ।

यसपटक घरेलु कोर्टमा नेपाल उक्त हारको बदला लिने अभियानमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ