मैत्रीपूर्ण भलिवल खेलले टिमको स्तर बढाउछ : प्रशिक्षक भट्ट

मैत्रीपूर्ण भलिवल खेलले टिमको स्तर बढाउछ : प्रशिक्षक भट्ट

  • सोमवार, भदौ १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं ,१२ भदौ ।

नेपाली टिमका मुख्य प्रशिक्षक जगदिश भट्टले बंगलादेशविरुद्व हुने मैत्रीपूर्ण खेलले नेपाली राष्ट्रिय पूरुष भलिवल टिमको स्तर वृद्धिमा सहयोग पुग्ने बताएका छन् ।

बंगलादेशको राष्ट्रिय पूरुष भलिवल टिमसँग नेपालले दूई वटा मैत्रीपूर्ण म्याच खेल्दैछ । पहिलो खेल भोली ललितपुरको लगनखेलस्थित आर्मीको ट्रेनिङ सेन्टरमा हुनेछ ।

खेलअघि आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका मुख्य प्रशिक्षक भट्टले दुवै टोलीको स्तर समान भएकाले सकारात्मक नतिजा निकाल्न प्रयास गरिने बताए ।

नेपाली टिमले उल्लेख्य सुधार गरेको भन्दै उनले विदेशी प्रशिक्षकको सहयोगमा टिमको प्रदर्शन राम्रो हुने दाबी गरे । नेपाली टिमलाई नेदरल्यान्ड्सका प्रशिक्षकले तीन हप्ताको प्रशिक्षण गराएका थिए ।

त्यस्तै नेपाली टोलीका कप्तान इम रानाले मैत्रीपूर्ण खेल भएपनि जितका लागि खेल्ने बताए । बंगलादेश र नेपालको स्तर समान भएकाले जित हासिल गर्न कठिन नहुने उनको भनाई थियो ।

बंगलादेशी टिमका इरानी प्रशिक्षक अली पोअर एरोजीले नेपालसँग खेल्न पाउनुलाई सुखद अनुभवको रुपमा लिएको बताएका छन् ।

बंगलादेश भलिवल संघको अनुरोधमा नेपाल भलिवल संघले मैत्रीपूर्ण खेलको आयोजना गरेको संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ