आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि हात्तीको बच्चा मस्कट रहने

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि हात्तीको बच्चा मस्कट रहने

  • सोमवार, भदौ १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

नेपालगञ्ज, १२ भदौ । अर्को वर्ष पुसमा नेपालगञ्जमा आयोजना हुने आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि हात्तीको बच्चा (छावा) मस्कट रहने निर्णय गरेको छ ।

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सचिवालयअन्तर्गत आज बसेको सर्वपक्षीय बैठकमा प्रतियोगिताको मस्कट छावा रहने निर्णय गरिएको हो ।
प्रतियोगिता सञ्चालनका लागि रु ३५ करोड र भौतिक पूर्वाधार पुनः निर्माणका लागि रु ७० करोड खर्च हुने निश्कर्ष निकालिएको पनि राखेप सदस्य–सचिव केशवकुमार विष्टले बताए ।

बैठकमा राखेप सदस्य–सचिव विष्टले प्रतियोगिता तयारीका लागि हालसम्म भएका कार्य सम्पदनका विषयमा जानकारी गराउँदै प्रतियोगिता नेपालगञ्ज, बर्दिया, सुर्खेत र दाङ जिल्लामा सञ्चालन गर्ने गरी आवश्यक तयारी थालिएको बताए।

बैठकलाई सम्बोधन गर्दै युवा तथा खेलकूदमन्त्री राजेन्द्रकुमार केसीले मन्त्रालयले प्रतियोगिताका लागि आवश्यक बजेट समयमा उपलब्ध गराउने विश्वास दिलाउँदै भौतिक पूर्वाधार निर्माणका काम समयमा सक्नु ठूलो चुनौतीका रुपमा हुने भएकाले त्यसतर्पm सबै गम्भीर हुनुपर्नेमा जोड दिए ।

प्रतियोगिता सञ्चालन हुने स्थानका समुदाय, स्थानीय निकाय, प्रशासनिक निकाय, सामाजिक तथा पेशागत सङ्घ, संगठनले अपनत्व ग्रहण गर्न सक्नुपर्ने उल्लेख गर्दै खेल पदाधिकारीले आ–आप्mनो जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्नेमा आफू ढुक्क भएको विश्वास व्यक्त गरेका छन् ।

यसैबीच, मन्त्री केसीले बाँके जिल्लाको कोहलपुर क्रिकेट खेल मैदान, नेपालगञ्ज रंगशालामा निर्माण भइरहेको सुटिङ रेञ्ज, पौडी पोखरी र भारोत्तोलन एकेडमीको पनि अवलोकन गरे ।

त्यस अवसरमा मन्त्री केसीलाई क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओली र उपाध्यक्ष नरेन्द्र थापाले ती निर्माणाधीन संरचनाको कार्य प्रगतिका बारेमा जानकारी गराएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ