काठमाडौ १२ भदौ ।
दुई नम्बर प्रदेशको निर्वाचनका लागि करिब तीन साता मात्रै बाँकी रहेका समय मुख्य राजनितिक दलहरुले निर्वाचन तयारी तीव्र पारेका छन् ।
प्रमुख राजनितिक दलहरुले आ आफ्नो दलका तर्फबाट उमेदवारको टुङ्गो लगाउने तयारीमा जुटेका छन् । निर्वाचनलाई आफ्नो पक्षमा पार्न मुख्य दलका शिर्षस्त नेताहरु सक्रिया देखिएका छन् ।
अधिक भन्दा अधिक नतिजा आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ राजनितिक दलका शिर्ष नेताहरु अहिले भेला तथा प्रशिक्षणमा केन्द्रित बनेका छन् । पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो दल बनेको नेकपा एमाले तेस्रो चरणमा पनि पहिलो दल बन्ने लक्षयका साथ चुनावी गतिविधि तीव्र पारेको छ ।
कार्यबाहक उपाध्यक्ष वामदेव गौतमसहितका नेताले आजबाट दुई नम्बर प्रदेशका विभिन्न जिल्लामा प्रशिक्षण र भेला गर्नलागेको एमालेले जनाएको छ । एमालेले अधिकांश स्थानको उमेदवारको सुची समेत तयार पारिसकेको बताएको छ ।
यस्तै साउन महिनाभित्र उमेदवारको टुङे्गो लगाउने जनाएको कांग्रेसले भने हालसम्म उमेदवार चयन गर्न सकेको छैन । यद्यपी पार्टीमा आन्तरिक रुपमा छलफल गरी छिट्टै उमेदवारको टुङ्गो लगाउने तयारी भइरहेको नेताहरुले बताएका छन् ।
यस्तै माओवादी केन्द्रले प्रदेश नम्बर दुई ेकन्द्रित चुनावी अभियानलाई तीव्र पारेको जनाएको छ । यस्तै स्थानीय तह निर्वाचनसँगै संघ र प्रदेश सभा निर्वाचनमा पनि भाग लिने निर्णय गरेको राजपाले पनि चुनावी गतिविधि अघि बढाएको छ ।