‘बलात्कारी’ भारतका धर्मगुरु राम रहीमलाई १० वर्ष जेल

‘बलात्कारी’ भारतका धर्मगुरु राम रहीमलाई १० वर्ष जेल

  • सोमवार, भदौ १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

एजेन्सी, भदौ १२ ।

 भारतका धर्मगुरु गुरमीत रामरहीम सिंहलाई १० वर्षको जेल सजाय सुनाइएको छ । बलात्कार मुद्दामा दोषी पाइएका उनलाई अदालतले १० वर्षको जेल सजाय सुनाएको हो । 

भारत हरियाणाको धार्मिक संगठन डेरा सच्चा सौदाका प्रमुखसमेत रहेका गुरुमीत रामरहीम सिंहमाथि हत्या, बलात्कार तथा जवर्जस्ती परिवार नियोजना गराएकोसमेत आरोप लागेको थियो । अदालतले सोमबार सजाय सुनाउनु अघिदेखि नै हरियाणाको सिरसामा सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्भावित हिंसालाई मध्यनजर गर्दै हरियाणामा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

हरियाणाका बजार पसल तथा सबै शैक्षिक संस्था बन्द छन् । यस्तै इन्टरनेट सेवा समेत बन्द गरिएको छ । मंगलबार बिहान  पौने १२ बजे पछि मात्रै शैक्षिक संस्था र इन्टरनेट सेवा खुल्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

१५ वर्ष पुरानो यौन शोषणको मुद्दामा अदालतले उनलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो । यौन शोषण गरेको पुष्टि भएपछि रामरहिमका अनुयायीले आश्रम छोड्न थालेका छन् । उनलाई अदालतले दोषी ठहर गरेपछि भड्किएको हिंसामा अहिलेसम्म ३८ जनाको ज्यान गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी