सेनालाई लोकसेवाको परीक्षा फलामको चिउरा, ‘सेनाले लिँदा सब उत्तीर्ण’: यस्ताे छ रहश्य

सेनालाई लोकसेवाको परीक्षा फलामको चिउरा, ‘सेनाले लिँदा सब उत्तीर्ण’: यस्ताे छ रहश्य

  • सोमवार, भदौ १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

काठमाडौं, भदौ १२ । नेपाली सेनाको भर्ना प्रक्रिया लोकसेवा आयोगबाट हुन थालेपछि सेनामा जागिर खान र बढुवा पाउन फलामको चिउराजस्तै कठिन कार्य हुन थालेको छ ।

सेनामा सेवा प्रवेश र बढुवा प्रक्रिया दुवैमा लोकसेवा आयोगले परीक्षा लिन थालेपछि उत्तीर्ण हुने भन्दा अनुत्तीर्ण (फेल) हुनेको संख्या अत्यधिक हुने गरेको छ ।

नेपालको संविधान २०७२ ले निजामती सेवाका अतिरिक्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सरकारद्वारा गठित सबै संगठित संस्थामा पदपूर्तिको जिम्मेवारी लोकसेवा आयोगलाई दिएपछि आयोगले सेनालगायत विभिन्न ९८ वटा संगठित संस्थामा पदपूर्ति गर्न थालेको हो ।

ती निकायमध्ये सबैभन्दा कम उत्तीर्ण नेपाली सेनामै हुने गरेको आयोगले जनाएको छ ।

लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगको परीक्षा प्रणालीलाई आत्मसात गरेर अगाडि बढ्न सके सफलता हासिल गर्न कठिन नहुने बताउँछन् ।

‘लोकसेवा आयोग मेरिटोक्रेसीलाई मान्यता दिने संस्था हो आयोगको परीक्षामा सहभागी हुने सेनालगायत सबै पक्षले यसमा ध्यान दिने हो भने असफलता हासिल गर्नु पर्दैन’, आयोग अध्यक्ष मैनालीले भने ।

सोर्सफोर्स र भनसुनबाटै सेनामा प्रवेश गरेकाहरू आन्तरिक बढुवाका लागि भएका प्रतिस्पर्धामा धमाधम फेल हुन थालेका हुन् ।

लोकसेवाले नेपाली सेनाको अधिकृत क्याडेटअन्तर्गत पछिल्लो पटक जेठ र साउन दोस्रो साता लिएको आन्तरिक परीक्षामा सहभागी भएका अधिकांश उम्मेदवार अनुत्तीर्ण भएका छन् ।

सेनाको अधिकृत क्याडेटतर्फको पदमा सुब्बास्तरका पदिक हुद्दा सहभागी भएका थिए ।

तर, अधिकृत क्याडेटको परीक्षामा सहभागी हुने पदिक हुद्दामध्ये अधिकांश फेल हुन थालेपछि लोकसेवालाई सेनाको आन्तरिकतर्फको अधिकृत क्याडेटमा पदपूर्ति गर्न हम्मे पर्न थालेको छ ।

आयोगले सुरुमा आन्तरिकतर्फ अधिकृत क्याडेटको परीक्षा जेठ अन्तिम साता सञ्चालन गरेको थियो ।

यो परीक्षामा माग संख्या ४५ रहेकोमा परीक्षामा ५४ जना पदिक हुद्दा सहभागी थिए ।

तर, परीक्षाफल प्रकाशित हुँदा जम्मा ४ जना उत्तीर्ण भएका छन् ।

४५ आवश्यक पदमा ४ जना मात्रै उत्तीर्ण भएपछि बाँकी ४१ पद रिक्त रहेपछि सेनाले पुनः परीक्षा सञ्चालन गर्न लोकसेवालाई आग्रह गरेको थियो ।

सेनाको आग्रहअनुसार लोकसेवाले फेरि रिक्त ४१ पदकै लागि पुनः साउन दोस्रो साता परीक्षा सञ्चालन गरेको थियो ।

उक्त परीक्षामा ४५ जना सहभागी भएकोमा ८ जना मात्रै उत्तीर्ण भएका छन् भने ३७ जना फेल भए ।

‘सेनाले लिँदा सब उत्तीर्ण’

लोकसेवाले परीक्षा लिनुअघि सेना आफैंले लिने गरेको परीक्षामा भने आवश्यक सिटमा सबै उत्तीर्ण हुने गरेका थिए ।

न्यूनतम ४० अंक ल्याउनेलाई उत्तीर्ण गराउनुपर्नेमा ४० अंक नल्याउनेहरू पनि उत्तीर्ण हुने गरेका थिए ।

सेना आफैंले परीक्षा सञ्चालन गर्दा अधिक सोर्सफोर्स चल्ने गरेको लोकसेवाको बुझाइ छ ।

उच्च पदाधिकारीको खल्तीको सूचीका आधारमा परीक्षाफल प्रकाशन गरिन्थ्यो । अनुत्तीर्ण हुनेलाई पनि ग्रेस मार्क दिएसरह उत्तीर्णको लाइनमा पारिन्थ्यो ।

लोक सेवाका अधिकारीस“गको छलफलमा सेनाका उच्च अधिकारीले न्यूनतम अंक ४० नल्याए पनि पदपूर्तिका लागि आवश्यक पर्ने संख्याअनुसार अनुत्तीर्ण हुने मध्येबाटै तानेर उत्तीर्ण गराउने गरेको स्विकारेको स्रोतको दाबी छ ।

तर, सैनिक प्रवक्ता सहायक रथी कठायत सेनाले परीक्षा सञ्चालन गर्दा पनि न्यूनतम अंक नल्याउने कोही पनि उत्तीर्ण नभएको दाबी गर्छन् ।

‘न्यूनतम अंक नल्याउने उत्तीर्ण हुने भन्ने कुरा निराधार हो । सेनाले पनि मेरिटकै आधारमा परीक्षा लिएर रिजल्ट गथ्र्यो’ प्रवक्ता सहायक रथी कठायतले भने । -अन्नपूर्ण पोष्ट दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी