यू–१५ च्याम्पिन बन्नबाट चुक्यो नेपाल ,भारतसँग २–१ गोल अन्तरले पराजित

यू–१५ च्याम्पिन बन्नबाट चुक्यो नेपाल ,भारतसँग २–१ गोल अन्तरले पराजित

  • आइतवार, भदौ ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

११ भदौ,काठमाडौं ।  साफ यू–१५ च्याम्पियन प्रतियोगितामा नेपाल पराजित भएको छ । आइतबार सम्पन्न खेलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफमा पेनाल्टीमार्फत १ गोलले अग्रता लिएको नेपालले दोस्रो हाफमा भारतले शुरुमै दुई गरेपछि नेपालले फर्काउन सकेन । अन्ततः नेपाल, यू–१५ साफ च्याम्पियनसिपको उपबिजेतामा सीमित हुन पुग्यो छ ।

खेल सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको थियो । भारतीय डिफेण्डरले रञ्जन पुनलाई डिबक्सभित्र फल गरेपछि रेफ्रीले नेपाललाई पेनाल्टीको अवसर दिएका थिए । स्ट्राइकर ब्रिजेश चौधरीले पेनाल्टीलाई सदुपयोग गर्दै ४१औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए ।

भारत खेलको ५९औं र ७५औं मिनेटमा नेपाललाई गोल फर्काउन सफल भयो । नेपालले समूह चरणमा पनि भारतसँग २–१ कै पराजय व्यहोरेको थियो । सेमीफाइनलमा नेपालले बंगलादेशलाई ४–२ र भारतले भुटानलाई ३–० ले हराउँदै उपाधिका लागि खेल तय गरिएको थियो । यसपटक पनि नेपाल उपाधि जित्नबाट चुक्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ