प्रिमियर लिगमा आज राति चार खेल हुदै, म्यान्चेस्टर युनाईटेड र म्यान्चेस्टर सिटी विजयी

प्रिमियर लिगमा आज राति चार खेल हुदै, म्यान्चेस्टर युनाईटेड र म्यान्चेस्टर सिटी विजयी

  • आइतवार, भदौ ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, भदौ ११ ।
इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज राति चार खेल हुदै छन् । आज हुने पहिलो खेलमा चेल्सी र एभर्टन भिडदा दोस्रो खेलमा लिभरपुल र आर्सनल विच प्रतिस्पर्धा हुने छ ।

आजै हुने तेस्रो खेलमा टोटनह्यामले बर्न्लेको सामना गर्नेछ भने चौथो खेलमा वेष्ट ब्रोम र स्टोक सिटी विच प्रतिस्पर्धा हुने छ ।

यसअघि गएराती भएका खेलमा म्यान्चेस्टर युनाईटेड र म्यान्चेस्टर सिटी विजयी भएका छन् । आफ्नै मैदानमा भएको खेलमा जोजे मौरिन्होको म्यान्चेस्टर युनाईटेडले लेस्टर सिटीलाई २–० ले पराजित गरेको हो ।

खेलमा म्यानचेस्टर यनाईटेडलाई विजयी गराउन मार्कस रास्फोर्ड र मराउने फेलियानीले एक एक गोल गरे । यसअघि रोमेलु लुकाकुले पाएको एउटा पेनाल्टी अवसर खेर फालेका थिए । प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर सिटीले बर्नमाउथलाई २–१ ले हराएको छ ।

खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन राहिम स्टर्लिङले अतिरिक्त समयमा निर्णायक गोल गरेका हुन् । यसअघि बर्नमाउथका चार्ली ड्यानियल्सले पहिलो गोल गरेका थिए भने सिटीका ग्याब्रिएल जिससले बराबरी गोल गरेका थिए ।

प्रिमियर लिग फुटबलकै अन्य खेलहरुमा स्वान्सी सिटीले क्रिस्टल प्यालेसलाई २–० ले तथा न्यूकासल युनाईटेडले वेष्ट ह्याम युनाईटेडलाई ३÷० ले हराएका छन् । हडर्स्फिल्ड टाउन र साउथह्याम्पटन तथा वाट्फोर्ड र ब्राईटनले भने गोलरहित बराबरी खेलेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ