पागल प्रेमी जसले प्रेमिकालाई आँखा दान दिए तर ‘भिलेन’ बने गायक(भिडियो)

पागल प्रेमी जसले प्रेमिकालाई आँखा दान दिए तर ‘भिलेन’ बने गायक(भिडियो)

  • आइतवार, भदौ ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

फोटोग्राफरको क्यामरामा अचानक सुन्दर केटीको तस्विर कैद हुन्छ । यही घटनाले फोटोग्राफर र केटीबिचमा प्रेम मौलाउँछ । अनि सुरु हुन्छ मायाको संसार ।

अर्को अप्रत्यासित घटना घट्छ । कार दुर्घटनामा केटी गम्भीर घाइते हुन्छे । उनको आखाँमा ठूलो चोट लाग्छ । प्रेमी फोटोग्राफरले आँखा दान गरेर प्रेमिकालाई संसार हेर्न सक्ने बनाउँछन्, आफु दृष्टिविहिन बनेर ।

उपचारपछि केटीले प्रेमी भेट्दिनन्, अझ रोचक त आफुलाई आफ्नै प्रेमीले आँखा दान गरेको भन्ने नै केटीलाई थाहा हुँदैन । यसैबिचमा अर्का युवक केटीको जीवनमा प्रवेश गर्छन् । जो गीतका गायक हुन् ।

यो गीति घटनालाई गीतमा सुन्दर आवाज दिइएको छ भने म्युजिक भिडियो पनि मिहिनेतका साथ बनाइएको छ ।

यो सञ्चारकर्मी पवन भट्टराई र सञ्चिता शाही मोडल, विकास संगम राईको स्वरमा सजिएको आधुनिक गितको कथा हो ।

मुलधारको पत्रकारितामा लामो समयदेखि सक्रिय भट्टराईले म्यूजिक भिडियोमार्फत आफ्नो रंगमञ्चको यात्रा प्रारम्भ गरेका हुन ।

भट्टराईले विकास संगम राईको रचना र स्वरमा रेकर्ड भएको गित घायल चरी एल्बमको टाइटल गितको म्यूजिक भिडियोमा अभिनय गरेर आफ्नो रंगमञ्चको यात्रा सुरु गरेका हुन् ।

साजन राईको संगीत रहेको सो म्यूजिक भिडियो राम्रो रहेको प्रतिक्रिया दर्शकबाट आइरहेको छ ।

आधा दर्जन म्यूजिक भिडियोको सफल निर्देशन गरिसकेका चर्चित निर्देशक आकाश उखेडाले निर्देशन गरेको सो म्यूजिक भिडियोमा निःस्वार्थ मायामा रहेका एक युवकले आफ्नी प्रेमिकाको उज्वल जीवनको लागि आफ्नो आँखा दान गरेपनि प्रेमिकाले प्रेमको महत्व नबुझेको भाव दर्शाईएको छ ।

सो गित हालै बुढासुब्बा डिजिटल प्रालीको यूट्यूब च्यानलमार्फत सार्वजनिक भएको छ ।

खोटाङगे गायक राई र खोटाङगे सञ्चारकर्मी एवम नव मोडल भट्टराई लगायतका नयाँ टिम नथ्थीबाली बोलको गित मार्फत पुनः दर्शक माँझ आउने तयारीमा छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी