प्रधानमन्त्री देउवा र बिहारका मुख्यमन्त्रीको भेटमा के कुरा भयो ?

प्रधानमन्त्री देउवा र बिहारका मुख्यमन्त्रीको भेटमा के कुरा भयो ?

  • आइतवार, भदौ ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, भदौ ११ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग शनिबार साँझ बिहारका मुख्यमन्त्री नितिश कुमारले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री देउवासँग बिहारको रोयल रेसिडेन्सी होटलमा मुख्यमन्त्री नितिश कुमारले भेटवार्ता गरेका हुन ।

भारतको पाँच दिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री देउवा शनिबार साँझ आन्ध्र प्रदेशबाट बिहार पुगेका हुन् ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवा र मुख्यमन्त्री नितिश कुमारबीच हालै नेपालको तराई र बिहारका कतिपय सीमा क्षेत्रमा आएको बाढीका कारण भएको क्षतिका विषयमा विस्तृत छलफल भएको थियो ।

नेपाल र भारततर्फ बाढीले पु¥याएको क्षति र बाढी नियन्त्रणका लागि दुवै देशका तर्फबाट संयुक्त रुपमा दिगो व्यवस्थापनको पहल गर्नुपर्ने कुरामा प्रधानमन्त्री देउवाले जोड दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवा आज बिहारको बोधगयामा रहेको महाबोधी जाने कार्यक्रम छ । प्रधानमन्त्री देउवा आजै साँझ बिहारबाट नयाँदिल्ली हुँदै स्वदेश फर्कने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ