कमल सरगम
काठमाण्डौ
लोक संगीत प्रेमी हरु का लागी एक दमै मन छुने शब्द भाका मा “दुईटा शब्द ” अहिले बजार मा आएको छ | तिर्थ अधिकारी र तिर्थ भुजेल को प्रस्तुती मा रहेको यो गीत कर्ण प्रिय युबा गायक तथा सर्जक प्रबेश पौडेल ले रचना गरेका हुन | “कसरी भर पर्नी” गीत बाट आफ्नो गीत संगीत यात्रा शुरु गरेका प्रबेश ले दैब, भुल्छु भन्छु जस्ता उत्कृष्ट लोक गीत हरु बजार मा ल्याइसकेका छन | दुखी दशै,तरक तरक जस्ता करीब २ दर्जन भन्दा बढी लोक दोहोरी गीत हरु मा लय सृजना गरेका प्रबेश गायन र अभिनय मा पनी उत्तिकै पोख्त छन्, उन्का स्वर मा रहेका पाउजु , रतेउली र अझ थुप्रै गीत हरु छिट्टै नै बजार मा आउने तयारी मा छन |
भर्खर मात्रै बिन्दबासीनी म्युजिक बाट बजार मा आएको लोक दोहोरी गीत दुईटा शब्द प्रती मेरो निकै आशा छ उनी भन्छन्, आफ्नो मौलिकता र सन्स्कृती झल्काउने गीत हरु बजार मा निकै नै कम आइरहेको गुनासो गर्ने प्रबेश यो टिपिकल दोहोरी गीत ले पक्कै पनी दर्शक श्रोता हरु को मन छुने छ भन्ने पुर्ण बिश्वास मा छन |
प्रबेश पौडेल कै लय शब्द मा रहेको दुईटा शब्द मा स्वर मुना थापा र प्रबेश पौडेल को छ |अहिले का निकै नै ब्यस्त क्यामेरा म्यान राजेश घिमिरे ले खिचेका यो गीत को भिडियो मा सन्तोष अधिकारी रुपा कडेल अनी स्वयम प्रबेश पौडेल को पनी अभिनय छ , तिर्थ भुजेल को डाइरेक्सन मा बनेको यो गीत बिन्दबासीनी म्युजिक ले बजार मा ल्याएको छ |
“दुईटा शब्द” ले हजारौ अरु शब्द हरु जन्माओस !!
गीत लाई सफलता को धेरै धेरै शुभकामना
<[youtube https://www.youtube.com/watch?v=ZbsgJehPe68]