भारतमा रहेका प्रधानमन्त्री देउवा आज धार्मिक भ्रमणमा

भारतमा रहेका प्रधानमन्त्री देउवा आज धार्मिक भ्रमणमा

  • शनिबार, भदौ १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ, १० भदौ ।
भारतको पाँच दिने राजकिय भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रसिद्ध धार्मिकस्थल तिरुपति बलाजीको दर्शनका लागि जानु भएको छ ।

उहाँ बिहान ९ बजे हैदरावादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो । मन्दिरको दर्शन तथा पूजापछि प्रधानमन्त्री देउवा त्यहीबाट बिहार राज्यको बोधगया जानुहुनेछ ।

त्यहाँ रहँदा प्रधानमन्त्री देउवासँग विहार राज्यका मुख्यमन्त्री नितिशकुमारले भेटवार्ता गर्ने कार्यक्रम छ । सो क्रममा दुई देशबीचको सम्बन्ध र बिहारको विकास मोडलबारे छलफल हुने बताइएको छ ।

भारतीय समकक्षी नरेन्द्र मोदीको विषेश निमन्त्रणामा गत बुधबार दिल्ली पुग्नु भएको प्रधानमन्त्री देउवा भोली स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ