वाईसिएलको निशानामा को को ? हेर्नुस् अब वाईसिएल कार्यकर्ताको कदम

वाईसिएलको निशानामा को को ? हेर्नुस् अब वाईसिएल कार्यकर्ताको कदम

  • बिहिबार, भदौ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

 

काठमाडौँ, ८ भदौ । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसिएलले जनयुद्धकालीन मुद्दालाई सत्य निरुपण आयोगमार्फत हल गरिनुपर्नेमा जोड दिएको छ ।

हालै सम्पन्न वाइसिएलको दोस्रो महाधिवेशनले गरेको निर्णयका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष रामप्रसाद सापकोटाले बृहत् शान्ति सम्झौताको मर्मअनुसार नै युद्धकालीन मुद्दाको निरुपण गर्न माग गरिएको बताउँदै युवालाई विदेश पठाउने भन्दै ठगी गर्ने र श्रम शोषण तथा एउटा काम र पारिश्रमिक भन्दै अर्को गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग आग्रह गर्नुभयो ।

यस्तै बाढी पहिराका कारण मुलुकभर भएको जनधनको क्षतिलाई ध्यानमा राखी तराई–मधेशमा तत्काल रु पाँच लाख क्षतिपूर्ति उपलब्ध गराउन समेत वाइसिएलले आग्रह गरेको छ ।

यस्तै बाढीपहिरो पीडितलाई राहत वितरण गर्ने कार्यलाई निरन्तर अगाडि बढाउनेमा जोड दिँदै वाइसिएलले सामाजिक अभियानअन्तर्गत सात वटै प्रदेशमा स्वास्थ्य शिविर, ७५ वटै जिल्लाका अस्पताल, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, मालपोत कार्यालयलगायत सार्वजनिक सहकार्यका कार्यालयमा स्वयंसेवकीय भूमिका निर्वाह गर्ने निर्णयसमेत गरेको छ ।

युवाको विदेश पलायन रोक्न र स्वदेशमा रोजगारीको अवस्था सिर्जना गर्नका लागि राष्ट्रिय उद्योग सञ्चालन गर्न सरकार तथा राष्ट्रिय पूँजीपतिसँग वाइसिएलले आग्रह गरेको छ । युवा व्यवसायीको साझेदारीमा छ महिनाभित्र एक हजारभन्दा बढी युवालाई रोजगार बनाउने घोषणा गरेको वाइसिएलले युवालाई विभिन्न सीपमूलक स्वदेशी तथा विदेशी तालीम र सीप विकास कार्यक्रममा जोड दिने जनाएको छ ।

वाइसिएलले एकताको दोस्रो राष्ट्रिय सम्मेलनबाट रु एक लाख जम्मा गरी कार्यकर्ता संरक्षण कोष खडा गरी यसलाई वृद्धि गर्दै लगिने जनाएको छ । सो कोषको रकमबाट आपत्कालीन उद्धार, नेता कार्यकर्ता दुर्घटनामा पर्दा औषधि उपचारलगायत विषयमा खर्च गरिने उल्लेख छ ।

यस्तै वाइसिएलले ‘संगठन सुदृढीकरण, युवा जागरण तथा परिचालन अभियान’ नामक तीनमहिने अभियान सञ्चालन गर्नेछ । सो अभियानअन्तर्गत तीन लाखभन्दा बढी सक्रिय सदस्यता नवीकरण गर्ने उद्देश्य राखेको र आगामी स्थानीय तह, प्रादेशिक तथा केन्द्रीय चुनावका लागि ‘जसको एजेण्डा, उसैलाई भोट’ नाराअन्तर्गत चुनावी परिचालनको अभियान सञ्चालन गर्नेसमेत जानकारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ