महिला भलिबलको उपाधि सशस्त्रले जित्यो

महिला भलिबलको उपाधि सशस्त्रले जित्यो

  • बिहिबार, भदौ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

पोखरा, भदौ ८ । सशस्त्र प्रहरीको एपीएफ क्लबले रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

पोखराको लामाचौरमा बिहीबार सम्पन्न फाइनलमा सशस्त्रले डिफेन्डिङ च्याम्पियन न्यू डायमन्ड एकेडेमीलाई ३—० को सोझो सेटमा हराउँदै उपाधि चुमेको हो । सशस्त्रले खेल २५–१८, २५–१८ र २५–१२ ले जित्यो ।

उपाधिसँगै सशस्त्रले ७५ हजार रुपैयाँ पुरस्कार पायो । चारपटकको विजेता न्यू डायमन्डले उपविजेता बन्दै ५० हजार रुपैयाँमा चित्त बुझायो ।

प्रतियोगितामा सशस्त्रकी स्पाइकर सरस्वती चौधरी उत्कृष्ट खेलाडी, पश्चिमाञ्चलकी पवित्रा बीसी उत्कृष्ट ब्लकर, अरुणा शाही उत्कृष्ट सर्भर, सशस्त्रकी विनिता उत्कृष्ट सेटर, नेपाल पुलिस क्लबकी कमला पुन उत्कृष्ट लिबेरो र सशस्त्रकी उषा विष्ट उत्कृष्ट क्विकर खेलाडीकारुपमा पुरस्कृत भए ।

नव आदर्श सामुदायिक विकास समाजद्वारा हरितालिका तीजको अवसरमा आयोजित प्रतियोगितामा नेपाल पुलिस क्लब तेस्रो भएको छ ।

पुलिसले बिहीबारै पश्चिमाञ्चल भलिबल संघलाई ३—१ को सेटमा पराजित गर्दै तेस्रो भएको हो । तेस्रो र चौथो हुनेले क्रमशः २० हजार र १५ हजार रुपैयाँ हात पारे ।

विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवविष्टले पुरस्कार वितरण गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ