स्थानीय तह तेस्रो चरणको निर्वाचनमा सहभागी हुने राजपाको निर्णय

स्थानीय तह तेस्रो चरणको निर्वाचनमा सहभागी हुने राजपाको निर्णय

  • बुधबार, भदौ ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाण्डौ , ७ भदौ ।

राष्ट्रिय जनता पार्टी नेपाल २ नम्बर प्रदेशमा हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनमा सहभागी हुने भएको छ ।

राजधानीको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दुई दिनसम्म बसेको पदाधिकारी बैठकले चुनावमा सहभागि हुने निर्णय गरेको महासचिव मनिषकुमार सुमनले जानकारी दिनुभयो ।

राजपालाई समेत सहभागी गराउन भन्दै सरकारले दुई नम्बर प्रदेशमा निर्वाचन बारम्बार सार्दै आएको थियो । संविधान संशोधन विधेयक ब्यवस्थापिका संसदबाट अस्वीकृत भएपनि राजपाले निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो ।

राजपाको आधार क्षेत्र मानिएको प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमा आगामी असोज २ गते निर्वाचन हुँदैछ । राजपाले संविधान सशोधन विधेयक संसदबाट असफल भएपनि सरकारका तर्फबाट गर्नुपर्ने कामबारे दबाब मुलुक कार्यक्रम जारी राख्दै निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।

बैठकमा बोल्ने अधिकांश पदाधिकारीले मन्त्रिपरिषदबाट गर्नुपर्ने काममा दबाब दिदैं निर्वाचनमा सहभागी हुनुपर्ने संयोजक महन्थ ठाकुरको प्रस्तावमा सहमति जनाएका थिए ।

यसअघि राजपाले संशोधन विधेयक निर्णयार्थ पेश गर्न माग गर्दै परिणाम जे सुकै आएपनि निर्वाचनमा सहभागी हुने बताएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ