प्रधानमन्त्री देउवा भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा

प्रधानमन्त्री देउवा भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा

  • बुधबार, भदौ ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौँ, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिने राजकीय भ्रमणका क्रममा अहिले नयाँ दिल्ली पुग्नुभएको छ । प्रधानमन्त्री देउवा पत्नी आरजू देउवा सहित ५० सदस्यीय उच्चस्तरीय भ्रमण टोलिका साथ दिल्ली पुगनुभएको हो ।

बिहान इन्दिरा गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री देउवालाइ विमानस्थलमा भारतीय विदेशमन्त्री सुषमा स्वराजले स्वागत गर्नुभयो ।

प्रधानमन्त्री देउवालाइ भारतकालागि नेपाली राजदूत दीपकुमार उपाध्याय, उपप्रमुख भरत रेग्मी लगायतले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्रीको पहिलो दिनको कार्यक्रममा आज अपरान्ह भारतस्थित नेपाली दूताबास परिसरमा प्रवासी नेपालीहरुलाइ सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही अवसरमा भारतमा रहेका प्रवासी नेपालीहरुका तर्फबाट ज्ञापन पत्र बुझाउने तयारीपनि रहेको छ ।

त्यस्तै साँझ प्रधानमन्त्री भ्रमणको अवसर पारेर एशोसिएटेड चेम्बर अफ कर्मश एण्ड इण्डस्टी अफ इण्डिया(एशोच्याम) ले मुख्य आयोजनामा गर्न लागेको अन्तक्रियामा सहभागी हुने कार्यक्रम रहेको छ।

यस्तै भोली बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्रीलाई प्रधानमन्त्री मोदीले औपचारिक समारोहबीच स्वागत गर्नुहुनेछ । त्यसपछि महात्मा गान्धीको समाधिस्थलमा पुगेर उहाँले पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवासँग भोलि नै भारतका बाह्य मामिला मन्त्री सुष्मा स्वराजले शिष्टाचार भेट गर्नुहुनेछ भने त्यसलगत्तै हैदरावाद हाउसमा दुवै देशका प्रधानमन्त्रीबीच भेटवार्ता हुनेछ ।

दुई देशका सरकार प्रमुखबीचको भेटवार्तापछि हैदरावाद हाउसमा नै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा सम्बन्धित अधिकारीले द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर गर्नुहुनेछ भने नेपाल–भारत प्रसारण लाइनको दूरनियन्त्रित यन्त्रबाट प्रधानमन्त्रीले शुभारम्भ गर्ने कार्यक्रम छ ।

दुवै देशका प्रधानमन्त्रीले सञ्चारकर्मीलाई सम्बोधन गरेपछि प्रधानमन्त्री मोदीले आफ्नो सम्मानमा हैदरावाद हाउसमा आयोजना गर्नुहुने दिवाभोजमा प्रधानमन्त्री देउवा सरिक हुनुहुनेछ ।

सोही दिन अपराह्न राष्ट्रपति भवनमा भारतका राष्ट्रपति रामनाथ कोबिन्द र उपराष्ट्रपति बेंकैया नायडूसँग प्रधानमन्त्री देउवाले छुट्टाछुट्टैै शिष्टाचार भेट गर्नुहुनेछ ।

त्यसैगरी, नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री देउवासँग भारतीय गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष तथा सांसद सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

भारतको राजकीय भ्रमण पूरा गरेर उहाँ यही भदौ ११ गते स्वदेश फर्कनु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ