काठमाण्डौ , ४ भदौ ।
करिब दुई दशक देखि पत्रकारीता क्षेत्रमा क्रियासिल क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय नेता मानध्वज लामा (सागर)ले नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनका लागि उपत्यका केन्द्रिय सदस्यका उम्मेदवारी दिने भएका छन् ।
दोरम्बा गाउपालीका ७ रामेछापमा जन्मिएर २०५५ सालबाट ज्वाला साप्ताहिकबाट पत्रकारिता सुरु गरेका लामा हालसम्म पत्रकारीता क्षेत्रमा क्रियाशिल छन् ।
ज्वाला साप्ताहिकबाट पत्रकारिता सुरु गरेर क्रमश जनादेश साप्ताहिक , योजना साप्ताहिक , महिमा साप्ताहिक , जनआह्वान हुँदै ०६४ देखि जनदिशा दैनिकमा काम गरेका हुन् । ०६७ सम्म जनदिशामा कार्यरत उनले त्यसपछि नयाँ जनदिशा २०६९ सम्मकाम गरेका थिए ।
त्यसपछि अनलाईन डबली डटकममा समाचार सम्पादकको रुपमा कार्यरत रहेका छन् । यसअघि नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाको ( ०६७ देखि ०७० सम्म ) सदस्यको जिम्मेवारी निर्वाह गरिसकेका उनले सोक्रममा पत्रकारको सदस्यता सुद्धिकरण तथा स्वास्थ्य कोष स्थापनाका लागी महत्वपुर्ण भूमिका निर्वाह गरेका थिए ।
उपत्यका खुल्ला सदस्यको उम्मेदवारी दिन लागेका उनले अहिले महासंघमा देखिएको समस्या , सदस्या शुद्धिकरणको , जीवनभर पत्रकारीता गरेका अग्रज पत्रकारहरुको स्वास्थ्य उपचारको ब्यावस्था गर्नुपर्ने लगायतका एजेण्डा अघि सारेका छन् ।