राष्ट्रपति र प्रमुख दलका शीर्ष नेताबीच छलफल जारी

राष्ट्रपति र प्रमुख दलका शीर्ष नेताबीच छलफल जारी

  • शनिबार, भदौ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख तीन दलका शीर्ष नेताहरुबीच अहिले शितल निवासमा छलफल चलिरहेको छ ।

राष्ट्रपति भण्डारीको आह्वानमा भएको बैठकमा प्रधानमन्त्री शेरबहाहदुर देउवाको भारत भ्रमण, निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफलका लागि तीन दल शितलनिवास पुगेका हुन् ।

शितलनिवासमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा वली, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुगेका छन् ।

त्यस्तै प्रमुख तीन दलका शीर्ष नेताहरु रामचन्द्र पौडेल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ पनि पुगेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ