एक्लिदै बाबुराम भट्टराई, अब कता जान्छ नयाँ शक्ति ?

एक्लिदै बाबुराम भट्टराई, अब कता जान्छ नयाँ शक्ति ?

  • शुक्रबार, भदौ २, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

नयाँ शक्ति पार्टीका असन्तुष्ट डेढ दर्जन केन्द्रीय नेताहरुले संयोजक बाबुराम भट्टराईसँग ’सम्बन्ध विच्छेद’ गरेका छन् । आज विज्ञप्ति जारी गर्दै नयाँ शक्ति पार्टीका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलसहित १७ नेताले बृहत् ध्रुविकरण केन्द्रीय संयोजन समिति गठन गर्दै भट्टराई नेतृत्वबाट अलग भएको स्पष्ट पारेका हुन् । ध्रुविकरण समिति संयोजकमा पौडेल आफै रहनु भएको छ ।

विज्ञप्तिमा भट्टराईसँग सम्बन्ध टुटेको घोषणा नगरिए पनि यसलाई छुटेकै रुपमा बुझ्नुपर्ने असन्तुष्ट नेताहरु बताएका छन् । नेता वामदेव क्षेत्रीले कान्तिपुरसँग भन्नुभयो, ’ध्रुविकरण समिति भनेको मुद्दा मिल्ने दलहरुसँग एकता वार्ता गर्नलाई हो, यसलाई भट्टराईसँग सम्बन्ध टुटेकै भन्दा फरक पर्दैन ।’ उहाँका अनुसार ध्रुविकरण संयोजन समितिले अहिले विभिन्न पक्षसँग वार्ता छलफल गरिरहेकोले छिट्टै मुद्दा मिल्ने र केन्द्रीय शक्तिसँग एकता हुनेछ ।

नयाँ शक्तिको ’विद्रोही समूह’ले संविधान जारी भएपछि प्राप्त उपलब्धिको रक्षा र थप अग्रगामी उपलब्धि प्राप्तिको रक्षाका लागि समान एजेन्डा बोकेका शक्तिबीच ध्रुविकरणमा जोड दिएको छ । ध्रुविकरण समितिले चाँडै राष्ट्रिय भेला आयोजना गरी राजनीतिक कार्यदिशासहितको प्रतिवेदन र घोषणापत्र जारी गरिने विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय तह निर्वाचनमा लज्जास्पद हार ब्यहोरेको र नयाँ शक्ति पार्टीको कार्यदिशा अस्पष्ट रहेको भन्दै असन्तुष्ट नेताहरुले केही दिनअघि काठमाडौंमा पत्रकार सम्मेलन गरेर ध्रुविकरणका लागि आदिवासी जनजाति, महिला, मधेसी लगायतलाई अपिल गरेको थियो । तर, पार्टी केन्द्रले अनुशासन उल्लंघन गरेको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधेको थियो ।

उनीहरुले प्रस्टीकरणसमेत बुझाइसकेका छन् । ध्रुविकरणको पक्षमा नेता देवेन्द्र पौडेल, वामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला श्रीरपाइली, वलावती शर्मा, तिलक थापा, अमरध्वज लामा लगायत छन् । पार्टी नेतृत्व र सञ्चालनप्रति असन्तुष्टि जनाउदै रामेश्वर खनालले यसअघि नै पार्टी छाडेको घोषणा गरिसक्नु भएको छ भने माओवादी केन्द्र प्रवेशको तयारीमा रहेका नेता रामचन्द्र झा, रामकुमार शर्मा लगायतलाई नयाँ शक्तिले पार्टीबाट निस्काशन गरेको छ ।

यसैबीच, नयाँ शक्तिले आजै साँझ बिज्ञप्ति निकाली संघीय परिषद् सदस्य देवेन्द्र पौडेलसहितका १५ जना नेताहरुलाई पार्टीबाट निष्कासन गरेको छ । संयोजक बाबुराम भट्टराईद्वारा जारी विज्ञप्तिमा पार्टीविरोधी गतिविधि गरेको भन्दै पौडेलसहितका १५ जनालाई पार्टीको सबै जिम्मेवारी र साधारण सदस्यबाट समेत निष्कासन गरेको उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ