गौरीका सिंहको नाममा थप दुई राष्ट्रिय कीर्तिमान

गौरीका सिंहको नाममा थप दुई राष्ट्रिय कीर्तिमान

  • शुक्रबार, भदौ २, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं २ भदौ ।
राष्ट्रिय पौडी प्रतियोगिताको २० औं संस्करणको दोस्रो दिन आज कान्छी ओलम्पियन गौरीका सिंहले थप दुई वटा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।

आज बिहान भएको हिट चरणमा गौरिकाले ५० मिटर र सय मिटर फ्रिस्टाईलको छुट्टाछुट्टै स्पर्धामा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।

प्रतियोगिताको दोस्रो दिन ललितपुरको सातदोबाटोस्थित अन्तर्रा्ष्ट्रिय खेलकुद परिषद्को पौडी पोखरीमा प्रभावशाली प्रर्दशन दोर्हयाउने क्रममा गौरिकाले ५० मिटर फ्रिस्टाईल २८ दशमलव ०९ सेकेन्डमा पुरा गरिन ।

त्यस्तै सय मिटर फ्रिस्टाईल १ मिनेट ७९ पलमा पुरा गर्दै गौरिकाले राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाईन । प्रतियोगिताको पहिलो दिन उनले हिजो २ सय मिटर फ्रिस्टाईल र ५० मिटर बटरफ्लाईमा राष्ट्रिय कीर्तिमान बनाएकी थिईन ।

पाँच स्पर्धामा सहभागी गौरिकाले सय मिटर बटरफ्लाईमा खेल्न बाकी छ ।

आजै भएको पुरुष ५० मिटर ब्रेष्ट स्ट्रोकमा सुभव श्रेष्ठले ३२ दशमलव ४० सेकेन्डको राष्ट्रिय कीर्तिमान कायम गरे । पहिलो दिन उनले २ सय मिनेट व्रेष्टमा समेत राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ