बाबुरामको साथमा हिसिलामात्र !

बाबुरामको साथमा हिसिलामात्र !

  • शुक्रबार, भदौ २, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ ,२ भदौ ।

सामाजिक लोकतन्त्रको नारा सहित गठन भएको डा. बाबुराम भट्टराईनेतृत्वको नयाँ शक्ति वर्षदिनको यात्रा पार गर्दा नगर्दै असफल देखिन थालेको छ । संयोजक भट्टराईको वैचारिक तथा राजनीतिक लाईनप्रति असन्तुष्टि जनाउँदै शीर्ष नेताहरु नै बाहिरिन थालेपछि नयाँ शक्तिभित्रको असन्ुतष्टि बाहिर आएको हो ।

विभिन्न राजनीतिक दल र संस्थाबाट नयाँ शक्तिमा आबद्ध आएका नेता फेरि पुरानै शक्तिमा फर्कन थालेका छन् । यही क्रममा गत हप्तामात्र नयाँ शक्तिको संगठन विभाग प्रमुखसमेत रहनुभएका नेता देवेन्द्र पौडेललगायत १५ जना नेताले संयोजक भट्टराईले लिनुभएको लाईनप्रति असन्तुष्टि जनाउँदै पार्टी सुधारका लागि भन्दै १० बुँदे अपिलसमेत जारी गर्नुभयो ।

संगठनले तयार गरेको दस्तावेज र लिएको लाइन अमूर्त भएको आरोप सो समूहको रहेको छ । त्यसैले संगठनमा नयाँ बहस सुरु गर्न अपिल जारी गरेको बताइएको छ । उहाँहरुको जननिर्वाचन कार्यकारी राष्ट्रपतीय शासन व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणालीलगायतका विषयमा मुद्दा मिल्नेसँग पार्टी एकता गर्नुपर्ने धारणसहित स्पष्टिकरण बुझाउनुभएको हो । आजको विमर्श साप्ताहिकमा समाचार छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ