काठमाडौ ,२ भदौ । भारतीय राजदूत मञ्जिभ सिंह पुरी आफैं बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध सुधारको पहल गरे पनि ओलीले आफ्नो हठ छाड्नुभएन । बिमस्टेक सम्मेलन पारेर नेपाल आउनुभएकी भारतीय विदेशमन्त्री सुषमा स्वराजसँगको वान् टु वान् कुराकानी त्यसकारण पनि सम्भव भएन ।
ओली र स्वराजको डिनरसहितको वान् टु वान् भेट तय गर्ने प्रयास गरे पनि त्यो सम्भव भएन । यसले ओलीसँग भारतको सम्बन्ध अझै नसुध्रेको सन्देश गयो । पछिल्लो समय ओली चीनसँग नजिकिनुभएका छन् । उहाँले केही हप्ताअघि कैलाश मानसरोवर हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा भ्रमण गर्नुभयो ।
चीन र भारतबीच दोक्लाम मामलामा विवाद भइरहँदा ओलीबाट भएको भ्रमणलाई अर्थपूर्ण मानिएको छ । दोक्लाम मामलामा खुलेर कसैको पक्षमा नलागे पनि ओली चीनको पक्षमा देखिएको सन्देश प्रवाह भइरहेको छ ।
उहाँले चीनसँगको सम्झौतामा जोड दिनुभएको छ । चीनसँगको पारवहन सम्झौता उहाँकै पालामा भयो । आजको विमर्श साप्ताहिकमा समाचार छ ।