काठमाडौ २ भदौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्यसमितिको बैठक आज पनि बस्दैछ । हेटौडाको एक होटलमा बिहान ११ बजेपछि सुरु हुने बत्तैठकमा संविधान संशोधन विधेयकका विषयमा छलफल हुने जनाइएको छ ।
संसदमा विचारधिन संविधान संशोधनको पक्ष र विपक्षमा हुने मतदानका क्रममा पार्टीले खेल्ने भूमिकाका विषयमा आजको बैठकमा छलफल हुने पार्टीका संगठन विभाग प्रमुख राजेन्द्र लिङदेनले जानकारी दिनुभयो ।
त्यस्तै संघ र प्रदेश सभा निर्वाचनको तयारी लगायत समसामायिक विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ । यसअघि हिजो अध्यक्ष कमल थापाले छलफलका एजेन्डा प्रस्तुत गर्नुभएको थियो ।
सो क्रममा थापाले विभाजन भएर गएका पदाधिकारी र सदस्य भदौ ४ गते अघि पार्टीमा फिर्ता भए साविककै पद जिम्मेवारी दिने बताउनु भएको थियो । विभाजनमा सहभागी नेता पार्टीमा फर्किए उनीहरुमाथिको कारबाही पनि फुकुवा हुने अध्यक्ष थापाको भनाई छ ।
वरिष्ठ नेता पशुपति शमशेर राणाले पार्टी विभाजन गरेपछि राप्रपाले केन्द्रिय समिति बैठक बोलाएको हो । बैठक भोलीसम्म चल्ने जनाएको छ ।