‘टोइलेट एक प्रेमकथा …’ ५ दिनमै सुपरहिट

‘टोइलेट एक प्रेमकथा …’ ५ दिनमै सुपरहिट

  • बिहिबार, भदौ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

अक्षय कुमारको चलचित्र ‘टोइलेटः एक प्रेम कथा’ बाट यदि चलचित्रलाई सबैभन्दा बढी घाटा लाग्यो भने त्यो शाहरुख खानको चलचित्र ‘जब हेरी मेट सेजल’ हो । अक्षयको चलचित्रभन्दा एक हप्ता अघि रिलिज भएको चलचित्रले अहिले पूर्ण रूपमा विश्राम लिइसकेको छ ।

शाहरुखको चलचित्र मुस्किलले ६० करोडको आँकडा पार गर्न सकेको छ भने अक्षयको चलचित्रले मात्र ४ दिनमा ६३.४५ करोडको आँकडा पार गरिसकेको छ । अक्षय कुमारले बक्स अफिसमा शाहरुखलाई पछारेका छन् । यो पहिलो पटक होइन । यस अघि पनि सन् २०१६ मा शाहरुखको चलचित्र ‘फ्यान’ फ्लप हुँदा अक्षयको ‘एयरलिफ्ट’ र ‘रुस्तम’ ले अग्रता लिएको थियो ।

चलचित्रले पहिलो विकेन्डमा ५० करोडको आँकडा पार गरेर बजेटभन्दा सत प्रतिशत मुनाफा गरेको थियो । पाँच दिनमा ‘टोइलेटः एक प्रेम कथा’ ब्लकबस्टर भएको छ ।
अक्षयको यो डबल धमाका हो । यसै वर्ष आएको ‘जोली एलएलबी–२’ सुपरहिट भएको थियो । विगत दुई वर्षदेखि अक्षय कुमारको लगातार पाँचौँ १०० करोड क्लबको चलचित्र हुनेछ । चलचित्र यो वर्षको सातौँ सुपरहिट चलचित्र हो । विगत आठ महिनामा बलिउडमा मात्र ७ चलचित्र सुपरहिट क्याटेगोरीमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी