जनयुद्ध लडेका सबै माओवादीहरु एकै ठाँउ आउने प्रचण्डको दाबी

जनयुद्ध लडेका सबै माओवादीहरु एकै ठाँउ आउने प्रचण्डको दाबी

  • बिहिबार, भदौ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

१ भदौ,काठमाडौं ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुराना माओवादीहरु केहि दिनभित्रै पुन: एकिकृत हुने दावी गरेका छन् ।

सहिद चन्देश्वर मण्डलको बाह्रौ स्मृति दिवसको अवसरमा आयोजित आमसभा तथा मण्डलसहितका पाँच सहिदको प्रतिमा अनावरण कार्यक्रमलाई संवोधन गर्दै दाहालले भने, ‘ मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र माओवादीको कारणले आएको हो । अग्रगमनका सूत्रधारहरु एकवद्ध हुनुको विकल्प छैन ।’

उनले एमालेबाट माओवादी केन्द हुँदै बाबूराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा गएका पूर्व मन्त्री रामचन्द्र झा, पूर्व सभासद रामकुमार शर्मा तथा पूर्वमन्त्री महेन्द्र पासमानलगायतका पूर्व माओवादीहरु यथाशिघ्र माओवादी केन्द्रमा प्रवेश गर्ने घोषणा गरे ।

मुलुकमा पहाड र मधेसको नाममा दुई अतिवाद हावी रहेको उल्लेख गर्दै उनले आफ्नो पार्टी दुबै अविादको विपक्षमा खडा रहेको बताए । मधेसीलाई हेप्ने पहाडे तथा पहाडेलाई हेप्ने मधेसी दुबै अतिवादको विरुद्धमा रहेको उल्लेख गर्दै भने, ‘हामी तराई, पहाड र हिमाललाई एकिकृत गर्ने अभियानमा लागेका छौं ।’

आफ्नो पार्टी संविधान संशोधनसंगै मधेसको पहिचान तथा अग्रगमनको पक्षमा रहेको दावी गर्दै उनले असोज २ गते हुने स्थानीय तह निर्वाचनमा माओवादी पहिलो पार्टी बन्ने दावीसमेत गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ