सुस्ताबासीले भत्काए भारतीय नहरको बाँध

सुस्ताबासीले भत्काए भारतीय नहरको बाँध

  • बिहिबार, भदौ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

नवलपरासी । भारतीय ज्यादाति सहन नसकेपछि सुस्तबासीले भारतले बनाएको एकतर्फी बाँध भत्काई दिएका छन् ।

एकतर्फी रुपमा सीमामा बनाएको बाँधका कारण सुस्ताका नेपाली बस्ती, जमिन डुबानमा परेपछि बच्नका लागि सुस्ताबासीले बाँध भत्काएर विद्रोह गरेका हुन् । बस्ती डुबानमा परेर मानवीय क्षति हुँदा समेत बाँध नखोलिदिएपछि ५०० को संख्यामा आएका आक्रोशित स्थानीयले पश्चिम गण्डक नहरका भारततर्फ जाने नहरको बाँध भत्काएका छन् ।

स्थानीय प्रशासनले नभत्काउन आग्रहलाई कुल्चँदै स्थानयबासीले विद्रोह गरेका छन् । हालै अविरल वर्षापछि आएको बाढीका कारण नवलपरासीको सुस्ता १ र २ डुबानमा परेको छ ।। उनीहरुले बाँध खनेर आफूहरुको खेतमा जम्मा भएको पानीको निकास दिनु माग गर्दै फलामे पुल नजिकै नहरको बाँध भत्काउन पुगेका हुन् । अहिलेसम्म १५ मिटर बाँध भत्काइसकेका छन् ।

स्थानीय प्रशासनले रोक्ने प्रयास गरिरहेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले स्थानीयबासी बाँधमा पुगेको स्वीकार गरे । नारायणी नदीको पानी गण्डक जलविद्युत आयोजनाका लागि नहरमा ल्याइएको र विद्युत उत्पादनपछि पानीलाई भारतले सिंचाईका लागि एकोहोरो लगिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ